मुख्य समाचार
विभिन्न समूहमा विभाजित जेन-जीहरूले वर्तमान समयको संवेदनशीलता र अन्तरिम सरकारको सीमा बुझ्नुपर्ने बताए
विभिन्न समूहमा विभाजित जेन-जीहरूले वर्तमान समयको संवेदनशीलता र अन्तरिम सरकारको सीमा बुझ्नुपर्ने बताए

— प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समूहमा विभाजित जेन-जीहरूले वर्तमान समयको संवेदनशीलता र अन्तरिम सरकारको सीमा बुझ्नुपर्ने बताएकी छन् । कोही जेन-जी बरालिएका र कोही उग्र रहेको बताउँदै उनले संयम भएर अगाडि बढ्नुपर्ने बताएकी हुन् ।


बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आइतबार छलफलका क्रममा प्रधानमन्त्री कार्कीले उक्त धारणा राखेकी हुन् । जेन-जीहरूका धारणा विभिन्न तहबाट आइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार जेन-जी आन्दोलनमा सहभागीहरू कोही ठिकै भएको तर कोही भने मनोमानी गर्दै हिँडेको भन्ने कार्कीको भनाइ थियो । 'कतिपय जेन-जी यहीँ (प्रधानमन्त्री कार्यालय) आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठिकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् । सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीलेभन्दा धेरै कुरा उनीहरूले जानेका छन्,' कार्कीले भनेकी थिइन्, 'जेन-जीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ । कोही-कोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।'

वर्तमान सरकारमा सहभागी कसैको पनि खराब नियत नरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । 'कतिपय कुरा लेख्दा, बोल्दा तलमाथि होला । तर, हाम्रो नियत खराब छैन । कसैले आशंका पाल्नुपर्ने कारण छैन । हामी तपाईँहरूसँग सहकार्य गरेर नै अघि बढ्ने हो । संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने हो । संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै पर्छ,' प्रधानमन्त्री कार्कीले भनेकी थिइन् ।

मुलुकमा स्थायित्वका लागि जनताबाट निर्वाचित सरकार चाहिने र निर्वाचनका लागि राजनीतिक दल अपरिहार्य रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । 'स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि चुनाव लड्न दल खोल्दै छन्,' उनले भनेकी थिइन् ।


प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुख्य प्राथमिकता निर्वाचनको वातावरण बनाउनु रहेको बताएकी थिइन् । 'प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुकहरूले पनि सवारी साधन उपलब्ध गराउँदै छन् । केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन् ।

आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएका छन् । यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको छ । यो निकै अर्थपूर्ण र संसारका लागि उदाहरणीय पनि छ,' उनको भनाइ थियो, 'अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ । जेन-जीहरूले नै पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन् । दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ ।'



भदौ २४ मा प्रहरीबाट लुटिएका र हराएका हतियार फेला पर्दै गएको पनि प्रधानमन्त्रीको भनाइ थियो । 'प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको छ । भागेका कैदी पनि फर्किँदै छन्,' प्रधानमन्त्रीको भनाइ थियो, 'सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क भए हुन्छ । यस कार्यका लागि प्रदेशले पनि भूमिका खेल्नुपर्छ, स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्छ । हामी तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्छौँ । अबको छलफल स्थानीय सरकारका प्रतिनिधिहरूसँग गर्दै छौँ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...