मुख्य समाचार
नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरूले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लैजाने
नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरूले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लैजाने

: नेपाली कांग्रेसका संस्थापन पक्ष नेताहरूले केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको मितिसहितको प्रस्ताव लैजाने भएका छन् । सोमबार काठमाडौंमा बसेको पक्ष नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यहरूको साथमा १५ औं महाधिवेशनको तिथिमितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।



आफूहरूले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यहि अनुसारको निर्णय हुने उनले दावी गरे । बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले आफूहरूले निकासको प्रयास गरेको जिकिर गरे।


त्यस्तै कांग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशिघ्र प्रस्तुत गर्न दवाव दिने निर्णय भएको बताए । विधान अनुसार सभापति, महामन्त्री लगायत चल्नुपर्ने उनले बताए।



केन्द्रीय समिति बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गर्दै आएका छन्। शनिबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन्।

महाधिवेशन कार्यतालिका नल्याउने भए आफूहरू केन्द्रीय समिति बैठकमै उपस्थित नहुने महामन्त्री गगन थापा र शर्माले बताउँदै आएका छन्। महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्।

महामन्त्रीद्वयले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने र निर्वाचन अघि सम्भव नभएको र व्यवहारिक पनि नहुने अडानमा छन्। एउटा पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका छन्। नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापति खड्कामाथि उनीहरूले घच्घचाइरहेका छन्।

आइतबारका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...