मुख्य समाचार
दैनिक १ हजार जनाले मात्र राहदानी पाउने
दैनिक १ हजार जनाले मात्र राहदानी पाउने

: ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीका लागि समस्या पर्ने भएको छ। सरकारको लापरबाही र राहदानीको मौज्दात सकिँदै गएका कारण दैनिक एक हजार थान राहदानी वितरण गरिने भएको हो ।



राहदानी विभागले आइतबार सूचना जारी गर्दै दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।


नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।



उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने Handover-Takeover को अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको छ । उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको छ । हाललाई अर्को व्यवस्था नभएसम्मका लागि मिति २०८२ कार्तिक १७ गते बाट साँझ ५.०० बजे दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) १,००० को संख्यामा Appointment Slots खोल्ने व्यवस्था मिलाइएको छ । तसर्थ, अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’

राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमै समाहित भएको छ । २०७४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानको मुद्दा छाडेको भन्दै किराती छुट्टिएका थिए । कुनै समय माओवादीलाई 'खाओवादी' भन्दै उनी आफ्नो असन्तुष्टि पोख्थे । पछिल्लो समय भने प्रतिकूल परिस्थिति भन्दै उनी माओवादीमै फर्किएका हुन् । माओवादी अध्यक्ष दाहालसँग ३ बुँदे सहमति गर्दै उनी ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ विगो माग गरिएको छ। आयोगका प्रवक्ता ...
— मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म ...
दाउन्नेको जाम अझै हटेन, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
: पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगाडि नै विदेशी नागरिकलाई लैजाने एजेन्सी कारबाहीमा परेको छ। मल्टि एड्भेञ्चर प्रा.लिले जर्मनका नागरिक मार्टिन सरमलाई अनुमति लिएको मिति अगाडि नै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पदयात्रामा लगेको हो। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरेको छ। कम्पनीले ताप्लेजुङको ...