मुख्य समाचार
मालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा
मालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा

: नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।null



एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा भक्तपुरको गुण्डुमा विशेष भेला राखिएको थियो ।भेलाले महेश बहेस बस्नेतको संयोजकत्वमा युथ भोलेन्टियर फोर्स विधान-कार्यपत्र समिति बनाएको छ ।


एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ५ गते काठमाडौंमा युवाहरूलाई सडकमा उतार्दै युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डका साथै विधानको घोषणा गर्ने जानकारी दिए । युथ भोलेन्टियर्स फोर्सलाई पार्टीका साथै देश निर्माणमा परिचालन गरिने उनले बताए ।



उनले पार्टीको निर्णय अनुसार संसद पुनसंस्थापनाका लागि सडक आन्दोलन गर्ने उल्लेख गरे । वास्तविक जेनजी युवाहरूसँग नियमित संवादमा रहेको जानकारी दिदै उनले भ्रष्टाचार नियन्त्रण लगायतका मागलाई पुरा गर्नका लागि लाग्ने बताए ।बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने दाबी गरे ।

बस्नेतले पार्टीको महाधिवेशनबाट अध्यक्षको रुपमा केपी ओलीलाई नै चयन गर्ने दाबी गरे। महाधिवेशनमा निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने छुट भएको भन्दै महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गर्दै ओलीलाई नै अध्यक्षमा चयन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमै समाहित भएको छ । २०७४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानको मुद्दा छाडेको भन्दै किराती छुट्टिएका थिए । कुनै समय माओवादीलाई 'खाओवादी' भन्दै उनी आफ्नो असन्तुष्टि पोख्थे । पछिल्लो समय भने प्रतिकूल परिस्थिति भन्दै उनी माओवादीमै फर्किएका हुन् । माओवादी अध्यक्ष दाहालसँग ३ बुँदे सहमति गर्दै उनी ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ विगो माग गरिएको छ। आयोगका प्रवक्ता ...
— मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म ...
दाउन्नेको जाम अझै हटेन, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
: पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगाडि नै विदेशी नागरिकलाई लैजाने एजेन्सी कारबाहीमा परेको छ। मल्टि एड्भेञ्चर प्रा.लिले जर्मनका नागरिक मार्टिन सरमलाई अनुमति लिएको मिति अगाडि नै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पदयात्रामा लगेको हो। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलोपटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरेको छ। कम्पनीले ताप्लेजुङको ...