मुख्य समाचार
भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि
भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि

: भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले घरेलु भूमिमा मेडन विश्वकप उपाधि जितेको हो।



मुम्बईस्थित, डाक्टर डीवाई पाटिल स्पोर्ट्स ऐकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रन बनाएको थियो।


भारतले दिएको २९९ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो।



दक्षिण अफ्रिकाको लागि कप्तान लौरा वल्भार्डले शतकीय पारी खेलिन्। उनको शतक पनि टिमलाई जिताउन काफी भएन। उनले ९८ बलमा ११ चौका र एक छक्का सहित १०१ रनको पारी खेलेकी थिइन्। अर्की ओपनर तान्जिम ब्रिटिसले २३ रन बनाइन्। सुनी लुसले २५, सिनालो जाफ्टाले, १६ एनेरी डेकरसेनले ३५ र नदिनी डी कार्ल्कले १८ रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। ब्याटिङमा स्टेप अप गर्न नसक्दा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको उपाधि जित्ने सुनौलो अवसर गुमायो।

भारतका लागि बलिङतर्फ दिप्ति शर्माले सर्वाधिक ५ विकेट लिइन्। सफाली वर्माले २ र श्री चरणीले १ विकेट लिइन्।

पहिलो इनिङमा ब्याटिङ गरेको भारतका लागि सफाली वर्माले ८७ रनको पारी खेलिन् । उनले ७८ बलमा ७ चौका र दुई छक्का प्रहार गरिन्। अर्की ओपनर ब्याटर स्मृति मन्धानाले ४५ रन बनाइन्। जमिमा रोड्रिक्सले २४, कप्तान हर्मनप्रीत कौरले २०, दीप्ति शर्माले ५८, अमानजोत कौरले १२ र रिचा घोसले ३४ रन बनाएका थिए।

अफ्रिकाका लागि बलिङतर्फ आयाबोङ्गा खाकाले सर्वाधिक ३ विकेट लिइन्। ननकुलुलेको एमलाबा, नादिनी डी कार्ल्क, चोल ट्रायोनले समान १-१ विकेट लिए।

सेमीफाइनलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई १२५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

भारतले यसअघि सन् २००५ र २०१७ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। अस्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित हुँदै यस अगाडि दुई पटक भारत उपविजेतामा सिमित रहन पुगेको थियो।

दक्षिण अफ्रिका भने पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो। महिला एकदिवसीय क्रिकेट विश्वकपमा हालसम्म अस्ट्रेलियाले ७ पटक उपाधि जितिसकेको छ। इङ्ल्यान्डले ४ पटक र न्युजिल्यान्डले १ पटक विश्वकपको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...