मुख्य समाचार
यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने
यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने

। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियोे ।

विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारु भएको छ ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको अपेक्षा छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ । ‘तिहारपछि सिंहदरबारमै काम सुरु भएको छ । केसरमहलबाट क्रमशः सार्ने काम भइरहेको छ,’ उनले भने । आगजनीले क्षति भएको मन्त्रालयको मर्मत पनि भइरहेको उनले ...