मुख्य समाचार
मन्त्री घिसिङका ७ प्रतिबद्धतापछि फोहोर बोकेका गाडी जान थाले बन्चरेडाँडा
मन्त्री घिसिङका ७ प्रतिबद्धतापछि फोहोर बोकेका गाडी जान थाले बन्चरेडाँडा

। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ ।

सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सहित टोली लिएर आइतबार बिहान बन्चरेडाँडा पुगेका थिए ।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिबँेसी नगरपालिका प्रमुख, नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका अध्यक्ष र स्थानीयवासिन्दासँग अन्तर्क्रिया गरेको थियो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सहमति कार्यान्वय प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरे ।

‘विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आवश्वास दिन आएको होइन, कार्यान्वयन गर्छु, फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्,’ मन्त्री घिसिङले अनुरोध गरे, ‘अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र संवाद मार्फत सौहर्द्रपूर्ण रूपमा समस्या समाधान गर्छौं ।’

मन्त्री घिसिङले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना सहित अगाडि बढ्ने बताए । अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अगाडि बढाउने, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने समेत उनले बताए ।



स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चड खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।

ल्यान्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

त्यस्तै रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक बत्ती व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारदेखि नै बत्ती राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिए ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए ।

ल्यान्डफिल साइटबाट प्रभावित हुने क्षेत्र यकिन गर्न चार सिजनको तथ्यांक आवश्यक भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्न केही समय लाग्ने देखिएका कारण यस्तो अवस्था बुझिदिन उनले स्थानीयलाई आग्रह गरे ।

मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्र पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्ने बताए ।

दीर्घकालीन फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाएको प्रक्रियामा भएको कानुनी अडचन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।

धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका अध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए ।

उनीहरूले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्नुपर्ने, फोहोर फाल्ने स्थान र मानिसलाई छुट्याउनु पर्ने, विगतमा गरिएका सहमति सम्झौता कार्यान्वयन गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ । ‘तिहारपछि सिंहदरबारमै काम सुरु भएको छ । केसरमहलबाट क्रमशः सार्ने काम भइरहेको छ,’ उनले भने । आगजनीले क्षति भएको मन्त्रालयको मर्मत पनि भइरहेको उनले ...