मुख्य समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित

। आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो ।

१५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए ।

कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन् ।

आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...