मुख्य समाचार
बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त
बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त

। बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । आसन्न एएफसी एसियन कप छनोटको मलेसियासँग हुने खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।

यसअघि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षक बनाएको थियो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ । त्यसअघि नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ। घोषित सूचिअनुसार संजित सिंह टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। रामचन्द्र थापा मगर र देवकुमार मादेन सहायक प्रशिक्षक रहनेछन्। टिमका अन्य पदाधिकारीमा भरतबहादुर बस्नेत टिम म्यानेजर, प्रविण खाँचे श्रेष्ठ गोलकिपिङ प्रशिक्षक, विनोद ...
। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा राना र समिक्षा घिमिरे पनि नसरिनमा अनुबन्ध भइसकेका छन् । प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ । शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५ अंक पुर्‍याएको छ । आर्सनलको जितमा भिक्टोर ग्योकेरेस र डेक्लान राइसले १-१ गोल गरे । १४औं मिनेटमा ग्योकेरेस तथा ३५औं मिनेटमा राइसले गोल गरेका थिए । यो जितपछि आर्सनलको १० खेलमा २५ ...
। न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ को औसतमा २५७५ रन बनाएका छन् जसमा १८ अर्धशतक छ भने उच्च स्कोर ९३ को छ । कप्तानका रूपमा उनले ७५ खेलमा टोलीलाई नेतृत्व गरे र टोलीलाई दुई ...
। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ। आज र भोलि सञ्चालन हुने टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ। यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख शहर र सांस्कृतिक स्थलहरू भ्रमण गर्नेछन्। टिमले यस ...