मुख्य समाचार
अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति
अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति

। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् ।

उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ ।

हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ ।’

यसअघि उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गर्नुभएको थियो ।

‘दक्षिण चीन सागरमा चीनका व्यापक क्षेत्रीय र समुद्री दाबीहरू, विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धतासँग मेल खान्नन्’, उनले आसियानका रक्षा मन्त्रीहरूसँगको बैठकमा भने, ‘हामी शान्ति चाहन्छौँ, द्वन्द्व होइन । तर हामीले सुनिश्चित गर्नुपर्छ कि चीनले कुनै पनि मुलुकलाई हावी हुन नपाओस् ।’

दक्षिण चीन सागर एसियाको सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्रहरूमध्ये एक हो । चीनले यो सागरको प्रायः सम्पूर्ण भागमाथि दाबी गरेको छ भने आसियानका सदस्य राष्ट्रहरू — फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई — ले पनि आफ्नो तटीय स्वामित्व दाबी गरेका छन् । अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् ।

फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आएको भए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।

हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा गर्नुभएको र दुवै जना ‘अमेरिका–चीन सम्बन्ध पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको’ कुरामा सहमत हुनुभएको बताए ।

उनले भने, ‘दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको ऐतिहासिक भेटले अमेरिका र चीनका लागि दीर्घकालीन शान्ति र समृद्धिको स्वर तय गरेको छ ।’ हेग्सेथ हाल भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गरेका छन् ।

कूटनीतिक स्तरमा अमेरिकाबाट आएको विपरित सन्देश — आसियान बैठकमा कडा चेतावनी र त्यसपछि मेलमिलापपूर्ण अभिव्यक्ति — ले वासिङ्टनले बेइजिङसँगको तनावका बीच सन्तुलित नीति अपनाउने प्रयासलाई प्रष्ट पार्दछ ।

दक्षिणपूर्वी एसियाली राजनीतिक विश्लेषक ब्रिजेट वेल्शले भने, ‘यो स्थिति एक प्रकारको क्षति नियन्त्रण हो । यो अमेरिका भित्र चीनबारे रहेका दुई दृष्टिकोण — एउटा जसले चीनलाई खतरा मान्दछ र अर्को जसले सम्भावित साझेदारका रूपमा हेर्दछ — को प्रतिबिम्ब हो ।’

शनिबारको बैठकमा हेग्सेथले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमको कडा आलोचना गरे । उनका अनुसार यो कदम चीनले आफ्नो क्षेत्रीय र समुद्री दाबी विस्तार गर्न अर्को प्रयास हो ।

उनले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुङ्ग्याउन आग्रह गरे । साथै, समुद्रमा उक्साहट रोक्न साझा निगरानी प्रणाली र द्रुत प्रतिक्रिया संयन्त्र निर्माण गर्न प्रस्ताव गरे ।

उनले भने, ‘साझा समुद्री डोमेन जागरूकता प्रणालीले कुनै पनि सदस्य मुलुकलाई एक्लो महसुस हुन दिने छैन र आक्रामकता वा उक्साहटको सामना सामूहिक रूपमा गर्न सहयोग पुर्‍याउनेछ ।’

उनले डिसेम्बरमा हुने आसियान–अमेरिका संयुक्त समुद्री अभ्यासलाई स्वागत गर्दै यसले क्षेत्रीय समन्वय र नेभिगेसन स्वतन्त्रता सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

चीनले भने अमेरिकाको आलोचना अस्वीकार गर्दै वासिङ्टनमाथि क्षेत्रीय मामिलामा अनावश्यक हस्तक्षेप गरेको र आफ्नो सैन्य उपस्थिति बढाएर तनाव उक्साएको आरोप लगाएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार चीनका गस्ती र निर्माण गतिविधिहरू वैध हुन् र ती आफ्नै सार्वभौमिक भूभागमा सुरक्षा कायम राख्नका लागि हुन् ।

यसैबीच, फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तथा हवाई अभ्यास गरेपछि चिनियाँ अधिकारीहरूले मनिलामाथि ‘क्षेत्रीय अस्थिरता बढाउने कार्यमा संलग्न’ भएको आरोप लगाएका छन् ।

चीनको पिपुल्स लिबरेसन आर्मी साउदर्न थिएटर कमान्डका प्रवक्ता तियान जुनलीले भने, ‘यस अभ्यासले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ । यसले फिलिपिन्स दक्षिण चीन सागरको विषयमा समस्या सिर्जना गर्ने र क्षेत्रीय स्थिरताको विघातक भएको पुष्टि गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम