मुख्य समाचार
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने

। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आज आइतबार सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने भएको छ ।

इसरोले आन्ध्रप्रदेशको श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्न लागेको हो ।

यसलाई भारतबाट अहिलेसम्म प्रक्षेपण भएकामध्ये र जियोसिक्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा स्थापित हुने सबभन्दा धेरै वजनदार सञ्चार उपग्रह समेत भनिएको छ । इसरोका अनुसार यसको तौल ४ हजार ४ सय १० किलोग्राम छ ।

यो उपग्रह भारतकै सबभन्दा शक्तिशाली रकेट लञ्च भिकल मार्क ३–एम५ (एलवीएम३–एम५) मार्फत् नेपाली समयअनुसार आज साँझ ५:४६ प्रक्षेपण गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ । यो उपग्रहले भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई निकै ठूलो सहायता पुर्‍याउने अपेक्षा गरिएको छ । यसले उच्च गतिको ब्याण्डविथ समेत उपलब्ध गराउनेछ, जसले दुर्गम क्षेत्रमा समेत डिजिटल पहुँच स्थापित गर्नेछ । साथै यसले नागरिक संस्था, रणनीतिक योजनामा समेत सघाउ अपेक्षा छ ।

इसरोले शनिबार नै प्रक्षेपणको तयारी पूरा भएको जानकारी गराएको थियो । प्रक्षेपणका लागि २० अक्टोबरमै भूउपग्रहलाई लञ्चप्याडमा स्थापित गरिएको थियो । ४३ दशमलब ५ मिटर लामो यो रकेट आफ्नो शक्तिशाली क्रायोजेनिक चरणका साथ ४ हजार किलोग्रामको जीटीओ पेलोड र ८ हजार किलोग्रामको लो अर्थ अर्बिट पेलोडलाई अन्तरिक्षसम्म लैजान सक्षम छ ।

यही क्षमताका कारण यसलाई ‘बाहुबली’ नाम दिइएको छ । रकेट बुस्टर लिफ्ट अफ, लिक्विड प्रोपेलेन्ट कोर र क्रायोजेनिक (सी२५) सहित ती चरणको यो रकेटले इसरोलाई ४ हजार किलोग्रामसम्मको भारी सञ्चार उपग्रहलाई कम लागतमै जीटीओमा प्रक्षेपण गर्नमा पूर्ण आत्मनिर्भर बनाएको छ ।

रकेटको किनारमा रहेको दुई एस२०० ले टोस रकेट बुस्टर लिफ्ट अफका लागि आवश्यक थ्रस्ट प्रदान गर्दछ । एस२०० बुस्टरलाई विक्रम साराभाई अन्तरिक्ष केन्द्र तिरुवाअन्तपुरममा विकसित गरिएको हो ।

लिक्विड प्रोपल्शन सिस्टम्स सेन्टरमा डिजाइन र विकसित दुई ‘विकास’ इञ्जिनद्वारा एल११० लिक्विड चरण सञ्चालित हुन्छ ।

इसरोले एलवीएम३–एम५ को पाँचौ उडान हो । यसले चन्द्रमामा चन्द्रयान–३ जस्ता मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसकै कारण सन् २०२३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक उपग्रह प्रक्षेपण गर्ने पहिलो देश बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...