मुख्य समाचार
सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारे
सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारे

। नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकीकरणमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको बेला किराँतीले पार्टी एकता रोक्नुपर्ने धारणा राखेका छन् ।

पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत एकता गर्न लागिएको किराँतीको ठहर छ । व्यक्तिको लागि एकता गर्न लागिएको उल्लेख गर्दै किराँतीले एकता अपूर्ण र अपवित्र भएको दाबी गर्दै रोक्नका लागि नेतृत्वसँग आग्रह गरेका छन् । भ्रष्टाचार सम्बन्धि मुद्दाको छानविन भइरहेको बेला पार्टी एकता तत्काल गर्न नहुने उनको तर्क छ ।

संरक्षकले आवश्यक हुँदा पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरि विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गर्नुपर्ने किराँतीको प्रस्ताव छ । पार्टी संयोजक प्रचण्डलाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदल्न उनको सुझाव छ ।

स्थायी समितिदेखि पुराना नेताहरुको एक केन्द्रीय राजनीतिक समिति बनाएर राष्ट्रिय महत्वको निर्णय गर्नुपर्ने उनको विचार छ । उक्त समितिलाई सांसद छनोट गर्ने लगायतको अधिकार हुने गरी विधानमा व्यवस्था गर्न किराँतीको सुझाव छ ।

किराँतीको पाँचौ प्रस्ताव छ,‘तेश्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र त्यो तेश्रो पुस्ताले पुलको भूमिका स्वरुप पुरानोको अनुभव र नयाँ (जेन–जी) पुस्ताको उर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अफ्ठ्यारोमा परेको पार्टीलाई उद्वार गरौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...