मुख्य समाचार
बुटवलस्थित एक होटलमा एक पुरुषको शंकास्पद मृत्यु
बुटवलस्थित एक होटलमा एक पुरुषको शंकास्पद मृत्यु

। रुपन्देहीको बुटवलस्थित एक होटलमा आज एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।

बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुईवटा रुम बुकिङ गरेका थिए । उनीहरूले कोठामा नै खाजा मगाएर खाएका र क्षेत्री बेहोस भएको भन्दै उनीसँगै गाएकी महिलाले सञ्चालकलाई जानकारी गराएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भनेका छन् ।

क्षेत्रीलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।

दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ती पुरुष होटलमा बसेको खुलेको रानाले बताए । बाहिरी चोटपटक नभएकाले मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

‘माथिल्लो तलाको कोठामासँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको छ,’ डीएसपी रानाले भने ।

होटलका सञ्चालक शेरबहादुर रेस्मीले पाहुना आएपछि परिचय मागेर कोठा दिएको तर मृत्युको कारण थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास
। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ दिनको समय दिएर दरखास्त मागेको हो । नाम सिफारिस गर्न गठित सिफारिस समितिले १४ कात्तिकमा स्वीकृत गरेको कार्यविधि अनुसार उपकुलपति वा रजिष्ट्रार पदका लागि दरखास्त पेस गर्न भनेको हो । उपकुलपति उम्मेदवारको योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट ...
। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता दिएको छ’ युनेस्कोले ...
। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा ...
। आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक ...