। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् ।
क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा राना र समिक्षा घिमिरे पनि नसरिनमा अनुबन्ध भइसकेका छन् ।
प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।
राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।