मुख्य समाचार
जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग
जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग

। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका छन् ।

पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’

एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने उनको निष्कर्ष छ ।

एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्नुपर्ने कारणमा उनी भन्छन्, ‘यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्‍याउनेछ ।’

माओवादी केन्द्रको पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने भन्दै उनी थप्छन्, ‘यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको बिगठनको बाटो रोजेको छ।’

एकीकृत समाजवादीसँग बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी एता गर्न खोजिएको उनको टिप्पणी छ, ‘एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुरÞ्याउनेछ ।’

अहिलेको अवस्थाको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने उनको दाबी छ । भन्छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ। त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता दिएको छ’ युनेस्कोले ...
। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा ...
। आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक ...
जेनजी आन्दोलनका घाइतेसहित सहकारी पीडितले गरे प्रदर्शन
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने