मुख्य समाचार
मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार
मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार

। मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।

उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

‘उनीहरूसँग गएका साथीहरूले खबर गरेपछि इलाका प्रहरी कार्यालय लार्केबाट हाम्रो टोली त्यहाँ पुगेको हो,’ उनले भनेका छन् ।

प्रतिकूल मौसमका कारण सुरुमा उनको हेलिकप्टरबाट उद्धार हुन सकेको थिएन ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारको लागि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता दिएको छ’ युनेस्कोले ...
। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा ...
। आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक ...
जेनजी आन्दोलनका घाइतेसहित सहकारी पीडितले गरे प्रदर्शन
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने