मुख्य समाचार
एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग
एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग

। नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

जिफन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।




जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो ।

गौतम श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने व्यक्ति भएको बताउँदै श्रेष्ठले महान शहीद भएको बताए ।




जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौं श्रमिकहरूको रोजीरोटी गुमेको जिकिर गरे ।

‘अस्ति भर्खरै जेन—जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथिबाट आउन नसकेर मर्नेहरू पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘५० औं हजार मजदुरहरूका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने ? हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरूभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु ।’

उनले श्रमिकहरूको अधिकारको लागि आफूहरूको आन्दोलन जारी रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ दिनको समय दिएर दरखास्त मागेको हो । नाम सिफारिस गर्न गठित सिफारिस समितिले १४ कात्तिकमा स्वीकृत गरेको कार्यविधि अनुसार उपकुलपति वा रजिष्ट्रार पदका लागि दरखास्त पेस गर्न भनेको हो । उपकुलपति उम्मेदवारको योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट ...
। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ । विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो । ‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता दिएको छ’ युनेस्कोले ...
। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा ...
। आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बैठक बस्दै नबसी आजका लागि बैठक तय गरिएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक ...
जेनजी आन्दोलनका घाइतेसहित सहकारी पीडितले गरे प्रदर्शन