मुख्य समाचार
हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिए
हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिए

। भारी हिमपात र बाढी पहिरोले सडकमार्ग, बिजुली र इन्टरसेवाबाट उपल्लो मुस्ताङ विच्छेद हुन पुग्दा साढे पाँच सयभन्दा धेरै पर्यटक र १०० भन्दा धेरै गाडी उतै रोकिएका छन् । उपल्लो मुस्ताङ जाने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकखण्ड ठाउँ ठाउँमा भासिंदा र पहिरो खस्दा छियाछिया बनेको छ ।

वर्षासँगै परेको हिमपातका कारण बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टेरनेटसमेत अवरुद्ध हुन पुगेको हो । लोमान्थाङलगायत उपल्लो मुस्ताङका बस्तीहरुमा ११/१२ गतेदेखि नै सडक र सञ्चारसम्पर्क विच्छेद हुन पुगेको हो भने शनिबारदेखि छुसाङ र दामोदरकुण्ड क्षेत्र सम्पर्कविच्छेद भएको हो ।




मुस्ताङ प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार त्यहाँका प्रहरी चौकी भने सम्पर्कमा आएका छन् । लामाकाअनुसार छुसाङदेखि माथि आधा दर्जनभन्दा धेरै ठूला ठूला पहिरो खसेका छन् र जेसिबी लगाउने काम थालिएको छ । तर, पूरै पहिरो पन्छाउन अझै केही दिन लाग्ने छ ।

मुस्ताङमा कात्तिक ११ गतेदेखि वर्षासँगै हिमपात हुँदा घुम्न पुगेका थिए । मुस्ताङमा १० दिनमै ४० हजारसम्म पर्यटक घुम्न पुगेका थिए । मोटरसाइकल, आफ्नै गाडी र सार्वजनिक गाडीसमेत चिनियाँ नाका कोरोलासम्मै पुग्ने भएकाले दसैं, तिहारलगत्तै मुस्ताङमा पर्यटक ओइरिए ।




पछिल्लो पटक घुम्न पुगेका पर्यटकले जोखिम र रोमाञ्चकता मिश्रिम अनुभवसमेत गरे । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोही दिनदेखि उपल्लो मुस्ताङलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सूचित गरेको भए पनि धेरै पदयात्रामै थिए ।

कागबेनी, आसपासकै क्षेत्रबाट वर्षासँगै हिमपातका कारण पर्यटक उद्धार गर्नुपर्ने स्थिति सिर्जना भयो । हिमपातसँगै उच्च हिमाली तथा पहाडी क्षेत्रमासमेत सम्पर्क विच्छेद बनेको छ ।

वारागुङ मुक्तिक्षेत्रदेखि माथि वर्षा र हिमपातले पहिरो बगाउने, भृडा-च्यांग्राजस्ता चौपया मर्ने, केही पूर्वाधारमा क्षतिसमेत पुयाएको छ ।

मुस्ताङमा हिमपातले किसानलाई उत्साहित बनाए पनि प्राकृतिक जोखिम पनि सँगै बढाएको भन्दै प्रशासनले सचेत गराइरहेको छ । तर, सोभन्दा अगाडि नै घुम्न अपर मुस्ताङ पुगेका पर्यटक रोकिंदा आफन्त तथा परिवार चिन्तित बनेका हुन् ।

मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनपछि सम्पर्कमा आएका थिए । उपल्लो मुस्ताङ पुगेका साढे पाँच सयभन्दा बढी पर्यटकसँग सम्पर्क विच्छेद हुन सक्ने आँकडा निकालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।


अविरल वर्षाका कारण भासिएको जोमसोम-कागबेनी कालोपत्र सडक । बिहीबार रातिदेखि अवरुद्ध बनेको यो सडक डोजर प्रयोग गरी मर्मत गरिंदैछ । तस्वीर : सुन्दरकुमार थकाली/रासस
‘५ सय ५९ जना मानिस र १०८ वटा सवारी साधन रोकिएको पाएका छौं । उपल्लो मुस्ताङमा सम्पर्कको कुनै माध्यम छैन । ठूलाठूला पहिरो पन्छाउनुपर्ने भएकाले अझै कम्तिमा ३ दिन लाग्छ’, सिडिओ भुसालले भने, ‘नेपाली र विदेशी पर्यटकहरु के कति छन् भन्ने एकीनसमेत गर्न पाएका छैनौं । उतै होटल र घरहरू पनि भएकाले सुरक्षित स्थानमा हुनुहोला ।’

सम्पर्कका सबै माध्यम विच्छेद भएपछि समन्वयसमेत गर्न समस्या परेको प्रहरी प्रमुख लामाको भनाइ छ । उपल्लो मुस्ताङ घुम्न गएकाहरु सम्पर्कमा नआउँदा परिवारले चिन्ता व्यक्त गर्दै फोन गरिरहेको तल्लो मुस्ताङबाट पाहुना लिएर फर्किएका व्यवसायी सुदीप आचार्यले जानकारी दिए ।

‘उपल्लो मुस्ताङमा कति पर्यटक छन्, को कहाँ छन् भन्ने जानकारीसमेत हाम्रो प्रहरी र प्रशासनमा नपाइएको भन्दै परिवार र आफन्तले चिन्ता व्यक्त गर्दै फोन गरिरहेका छन्’, उपल्लो मुस्ताङसम्म पर्यटक घुमाएर ल्याउने कामसमेत गरिरहेका नमस्ते टुर्स एण्ड ट्राभल्सका सञ्चालक आचार्यले भने, ‘हामीले हाम्रा परिवार कुन अवस्थामा छन् भन्ने पनि जानकारी पाएनौं ।’

कागबेनी र छुसाङबीचको सडक भासिँदा रोकिएका केही पाहुनालाई उद्धार गरेको फोटो, भिडियो, मुस्ताङको अहिलेको अवस्था सामाजिक सञ्जालमा नियमित जानकारी गराइरहेका आचार्यलाई धेरैले फोन गरेर सोधिखोजी गरिरहेका छन् ।

११ गते २ सय २९ मिनेटमा कोरोना नाकाबाट सम्पर्कमा आएका परिवारका सदस्य त्यसपछि सम्पर्कमै नआएको र प्रहरीलेसमेत जानकारी दिन नसकेको भन्दै आफन्तले चिन्ता मान्दै फोन गरिरहेको आचार्यको भनाइ छ ।

कुनै सम्पर्क सूत्र नै नहुँदा कोको कुन अवस्थामा छन् भन्ने जानकारी गराउन नसकिएको र आइतबारसम्ममा सबै जानकारी लिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले बताए । जोमसोम-कागबेनी सडकखण्ड सञ्चालनमा आइसकेको छ । मुक्तिनाथसम्म भने दर्शनाथी जान थालेका छन् ।

प्रहरी प्रमुख लामाका अनुसार शनिबार मुस्ताङमा घाम लागेको थियो र आइतबार बिहानको मौसन पनि खुलेको छ । तर, जेसिबीलगायत छुसाङ वरदेखिको पहिरो पन्छाउन अझै समय लाग्ने उनले जानकारी दिइन् । ताङ्वे-छुसाङ बीचको खोलाको बाढीले कोरोला सडक भासिएको छ भने पहिरो खसेर सडक ध्वस्त बनाएको प्रहरीको भनाइ छ ।

‘छुसाङदेखि माथिको पूरै ठाउँ सम्पर्कविहीन छ । बाटो नखुलिकन सम्भव छैन । उताबाट हिँडेर आउनेसँग कुरा गरेका थियौं । छुसाङभन्दा माथि चइले भन्ने ठाउँमा पनि पहिरो गएको छ । छुसाङ आसपासमै ठूला ४/५ वटा पहिरो अझै पन्छाउनुपर्ने छ । स्थानीय, जनपथ र सशत्र प्रहरी खटिएका छन् । तर, ठूलो पहिरो गएकाले जेसिबी लगाउने काम भइरहेको छ’, प्रहरी प्रमुख लामाले भनिन्, ‘जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला भनेर खबर पठाउने बाहेक केही गर्न सकिएन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ । विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ । अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो ...
। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर क्षेत्रमा ...
। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, ...
। नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका हिम्मतबहादुर विष्ट र विष्णुकुमार खड्कालाई आइतबार प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा भएको कार्यक्रममा उनीहका साथै पाँच प्र्रमुख सेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
। काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका ...