— पाकिस्तानी क्रिकेटर बाबर आजमले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय हिटर रोहित शर्माको रेकर्ड तोडेका छन् ।
बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन् । उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन् ।
लाहौरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९ दशमलव २ ओभरमा मात्र ११० रन बनाउँदै अलआउट भएको थियो । पाकिस्तानले मात्र १३ दशमलव १ ओभरमा एक विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो ।
यस खेलमा बाबर बजम ११ रन बनाएर अविजित रहे । यसका साथै उनको ट्वान्टी–ट्वान्टी करिअरमा ४ हजार २ सय ३४ रन पुगेको छ । रोहित शर्मा उनीभन्दा तीन रनले पछि परेका छन् । शर्माले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कूल ४ हजार २ सय ३१ रन बनाएका छन् ।
To be prepared to drive the vehicle ahead.
यस्तै तेस्रोमा रहेका विराट कोहलीको ४ हजार १ सय ८८, इंग्ल्यान्डका जोश बटलर ३ हजार ८ सय ६९ र आयरल्यान्डका पल रोबर्ड स्टर्लिंग ३ हजार ७ सय १० रनका साथ पाँचौंमा छन् ।