मुख्य समाचार
सात दिनअघि कारसहित हराएका शर्माको हत्या, शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला
सात दिनअघि कारसहित हराएका शर्माको हत्या, शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

: सात दिनअघि आफ्नै कारसहित हराएका झापा शिवसताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ। शर्माको शव आज बिहान बाह्रदशी र झापा गाउँपालिका सीमा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा फेला परेको हो। पुल मुनि खाल्डो खनी पुरिएको शव गन्हाएको अवस्थामा आज बिहान स्थानीयले फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा तत्काल पहिचान नखुलेको शव शर्माको भनी खुलेको हो। शर्माले लगाएको लुगा र हुलियाको आधारमा शवको पहिचान गरिएको एक प्रहरी अधिकृतले बताएका छन्। उनको टाउको गम्भीर चोट पनि देखिएको छ।


उनको हत्या गरी शव यहाँ ल्याएर गाडेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शवको पहिचान मृतकको श्रीमतीले गरिसकेको बताउँदै डीएसपी खडकाले भने, ‘उनको हत्या कहिले र कहाँ भयो त्यस बारेमा अनुसन्धान हुन चाहिँ बाँकी छ।’



शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेका छौँ। घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए। हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन्।

दुई दिनअघि मात्र शर्माको सेन्लटस कम्पनीको बा १-०३० च ७१९४ नम्बरको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी कसले ल्याएर जलाएको भनी अझै खुलेको छैन। गाडी जलेको अवस्थामा भेटेपछि प्रहरीले सो घटनालाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बेला शर्माको शव आज भेटिएको हो।

शर्मामा गत कार्तिक ९ गते दिउँसो ४ बजे माइधारस्थित घरबाट छठ पूजाका लागि गाडी धुने भन्दै निस्केका थिए। सम्पर्कविहीन भएका शर्मा झापाका विभिन्न बजारमा घुमेको सिसी फुटेज देखिएको थियो। उनी सुरुङामा अन्तिम पटक देखिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। शर्मा काठमाडौँस्थित आइटी अफिसमा काम गर्दै आइरहेका थिए। उनी तिहार तथा छठ मनाउन घर आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...