मुख्य समाचार
दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने
दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने

— दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले शुक्रबार उनलाई आवद्ध गरेको जनाएको हो । दोस्रो सिजनको एनपीएल मंसिर १ देखि सुरु हुँदै छ ।


डु प्लेसिसले दोस्रो हाफमात्र आएर खेल्ने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले बताए । अबुधाबी टी– १० मा खेल्ने हुनाले उनले सुरुआती खेल गुमाउने चौधरीले जनाए । अबुधाबी टी–१० को नवौं सिजन नोभेम्बर १८ देखि ३० सम्म हुनेछ । डु प्लेसिसले अबुधाबीमा भिस्टा राइडर्सबाट खेलिरहेका छन् ।

‘फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलका लागि गर्वको कुरा हो, उनको आगमनले आउदो दिनमा नेपालमा विश्व स्तरीय खेलाडी आउन अझ उत्साही बनाउने छ,’ चौधरीले दक्षिण अफ्रिकाका पूर्व कप्तानबारे भने ।

डु प्लेसिसले सन् २०११ मा भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र २०१२ मा अस्टेलियाविरुद्ध टेस्टमा ‘डेब्यु’ गरेका थिए । दुवैमा अर्धशतक बनाएका थिए । उनले ६९ टेस्टमा ४ हजारभन्दा बढी रन र १ सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ हजार ५ सयभन्दा बढी रन बनाइसकेका छन् । साथै उनले ५० ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५ सयभन्दा बढी रन बनाएका छन् ।

उनको व्यवस्ता ग्लोबल फ्रेन्चाइज प्रतियोगितामा अझ बढी छ । उनले विश्वभरका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । उनले २०१८ र २०२१ मा चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेका थिए । २०१२ मा आएका उनले चेन्नईबाट २०२१ सम्म खेले । २०२२, २३, २४ रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेलेका डु प्लेसिसले पछिल्लो आईपीएल दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...