मुख्य समाचार
दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने
दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने

— दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले शुक्रबार उनलाई आवद्ध गरेको जनाएको हो । दोस्रो सिजनको एनपीएल मंसिर १ देखि सुरु हुँदै छ ।


डु प्लेसिसले दोस्रो हाफमात्र आएर खेल्ने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले बताए । अबुधाबी टी– १० मा खेल्ने हुनाले उनले सुरुआती खेल गुमाउने चौधरीले जनाए । अबुधाबी टी–१० को नवौं सिजन नोभेम्बर १८ देखि ३० सम्म हुनेछ । डु प्लेसिसले अबुधाबीमा भिस्टा राइडर्सबाट खेलिरहेका छन् ।

‘फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलका लागि गर्वको कुरा हो, उनको आगमनले आउदो दिनमा नेपालमा विश्व स्तरीय खेलाडी आउन अझ उत्साही बनाउने छ,’ चौधरीले दक्षिण अफ्रिकाका पूर्व कप्तानबारे भने ।

डु प्लेसिसले सन् २०११ मा भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र २०१२ मा अस्टेलियाविरुद्ध टेस्टमा ‘डेब्यु’ गरेका थिए । दुवैमा अर्धशतक बनाएका थिए । उनले ६९ टेस्टमा ४ हजारभन्दा बढी रन र १ सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ हजार ५ सयभन्दा बढी रन बनाइसकेका छन् । साथै उनले ५० ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १५ सयभन्दा बढी रन बनाएका छन् ।

उनको व्यवस्ता ग्लोबल फ्रेन्चाइज प्रतियोगितामा अझ बढी छ । उनले विश्वभरका लगभग सबै फ्रेन्चाइज लिग खेल्दै आएका छन् । उनले २०१८ र २०२१ मा चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेका थिए । २०१२ मा आएका उनले चेन्नईबाट २०२१ सम्म खेले । २०२२, २३, २४ रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेलेका डु प्लेसिसले पछिल्लो आईपीएल दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानी क्रिकेटर बाबर आजमले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय हिटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन् । उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन् । लाहौरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९ दशमलव २ ओभरमा मात्र ११० रन बनाउँदै अलआउट भएको ...
— सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ । गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ ...
: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका ...
: आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ। भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ। यस ...
: काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई लिएको छ। देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने २४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन्। काठमान्डु गोर्खाजले यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई ...