मुख्य समाचार
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

: ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका-४ मा शनिबार भएको दुर्घटनामा चार जना घाइते भएका छन्।



चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १-०२-००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका-४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका-४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए।


दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन्। उनीहरूको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...