मुख्य समाचार
सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी
सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी

: सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको हो।

संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरू नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्ने भन्दै छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिएको थियो।


सोही बमोजिम २०८० माघ १० देखि लागू भएको छ बुँदे मापदण्डलगायत विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको अध्यागमन विभागले जनाएको छ।

मन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरिएको छ। जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्नेछ।

अध्यागमन विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तब्य र यात्राको बारेमा पूर्णरूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...
— आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुदेखि नै सेना परिचालन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ । यसअघि निर्वाचनको एक/दुई साता अगाडिबाट मात्र सेना परिचालन गरिन्थ्यो । यसपटक प्रारम्भदेखि नै प्रहरी, सशस्त्र र सेनालाई एकीकृत ढंगले परिचालन गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । सुरक्षा निकायका अधिकारीहरू र आयोग पदाधिकारीबीच शुक्रबार बसेको बैठकमा मतदाता, राजनीतिक दल र ...
: नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषयमा टुंगो लागेको बताएको छ। पार्टी प्रवक्त अग्नि सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग छिट्टै एकता घोषणा हुने बताए। यद्यपि एकताका लागि प्राविधिक कुरा टुंगिन बाँकी रहेको उनले बताए। उनले ...
— पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो । यसअघि काठमाडौं महानगर पालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन ...
: सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा शनिबार बिहान ३ बजेतिर भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। चोरीमा संलग्न धरान–१५ कै २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरी केही समयसम्म बिजुलीको पोलमा बाँधेर राखेका थिए। स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएका छन्। प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत भएको ...