मुख्य समाचार
कार्तिक १८ देखी २० गतेसम्म कतारको भ्रमण गर्ने
कार्तिक १८ देखी २० गतेसम्म कतारको भ्रमण गर्ने

: राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमण जाने भएका छन्। उनले कार्तिक १८ देखी २० गतेसम्म कतारको भ्रमण गर्ने भएका हुन्।



कतारका राजा अमिर तामिम बिन हमाद अल थानीको निमन्त्रणामा भ्रमणमा जान लागेका राष्ट्रपति पौडेल सामाजिक विकासका लागि दोस्रा विश्व सम्मेलनमा सहभागी हुने परराष्ट्र सचिव अमृत राईले जानकारी दिए।


सचिव राईका अनुसार राष्ट्रपतिले उक्त मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपतिले संयुक्त राष्ट्रसंघका महासचिव एण्टेरियो गुटरेससँग भेटवार्ता गर्ने भनिएको छ। भ्रमणमामा साइडलाइन बैठकका विषयमा तय भइसकेको छैन ।



राष्ट्रपतिको भ्रमण टोलीमा १२ जना जाने भएका छन्। ६ जनाको खर्च कतार सरकारले बेहोर्ने र ६ जनाको नेपाल सरकारले बेहोर्ने सचिव राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुदेखि नै सेना परिचालन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ । यसअघि निर्वाचनको एक/दुई साता अगाडिबाट मात्र सेना परिचालन गरिन्थ्यो । यसपटक प्रारम्भदेखि नै प्रहरी, सशस्त्र र सेनालाई एकीकृत ढंगले परिचालन गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । सुरक्षा निकायका अधिकारीहरू र आयोग पदाधिकारीबीच शुक्रबार बसेको बैठकमा मतदाता, राजनीतिक दल र ...
: नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषयमा टुंगो लागेको बताएको छ। पार्टी प्रवक्त अग्नि सापकोटाले एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग छिट्टै एकता घोषणा हुने बताए। यद्यपि एकताका लागि प्राविधिक कुरा टुंगिन बाँकी रहेको उनले बताए। उनले ...
— पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो । यसअघि काठमाडौं महानगर पालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन ...
: सुनसरीको धरान–१५ स्थित कृष्ण चेम्जोङ पथमा शनिबार बिहान ३ बजेतिर भाँडा–बर्तन चोरी गर्ने युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। चोरीमा संलग्न धरान–१५ कै २४ वर्षीय सबिन लिम्बूलाई स्थानीयले रंगेहात पक्राउ गरी केही समयसम्म बिजुलीको पोलमा बाँधेर राखेका थिए। स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएका छन्। प्रहरीका अनुसार लिम्बू लागूऔषध सेवनकर्ता समेत भएको ...
— वीरगन्जमा दसैं मेलामा भएको ग्याङ फाइटमा मृत्यु भएका गोल्डेन भन्ने शिवम साहको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । असोज १४ गते राति साढे ११ बजेतिर वीरगन्ज महानगरपालिका–१० गीता मन्दिर सडक छेउमा लागेको गहवामाईको मेलामा दुई समूहबीच भएको झगडामा वीरगन्ज–१० का २० वर्षीय ...