मुख्य समाचार
एनपीएलको दोस्रो सिजनका लागि विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा
एनपीएलको दोस्रो सिजनका लागि विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा

: विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।

टिम निर्देशक दिपेन्द्र चौधरीले विज्ञप्ति जारी गर्दै विश्व क्रिकेटका महान नाम फाफ डु प्लेसिसलाई टिममा अनुबन्ध गरेको जानकारी दिए।


प्लेसिसले दक्षिण अफ्रिका र इन्डियन प्रिमियर लिग (आइपीएल) को फेन्चाईज टिम (आरसीबी)को कप्तान गरेका छन्।

उनको अनुभव र नेतृत्वले विराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

टिम निर्देशक दिपेन्द्र चौधरीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,ʻफाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलका लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपीएलका लागि आउने दिनमा अन्य विश्वस्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन्।ʼ

टिम निर्देशक चौधरीले फाफ डु प्लेसिसको आगमनले विराटनगर किंग्सका खेलाडीलाई ड्रेसिंग रुम र उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसर प्राप्त हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...