मुख्य समाचार
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो

: अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ। भेडेटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार शुक्रबार बिहान करिब ११ बजे पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ।



ठूला सवारी साधनहरूको आवतजावत रोकिएको छ। उनका अनुसार अहिले पनि सो स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरुलाई अत्यावश्यक नभए उक्त सडक खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ। यसैगरी अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौविसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।


बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएका छन्। अहिले पाँचथरतर्फ तीनवटा र धनकुटातर्फ चारवटा ट्रक सडकमा रोकिएका छन्। अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने बित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ। अहिले पक्की पुल निर्माणधीन अवस्थामा रहेको छ।



भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ। सडकमा पहिरो खस्दा दुवै तर्फका सवारी साधन रोकिएका छन्। अविरल वर्षाले पहिरो पन्छाउने काम हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...