मुख्य समाचार
युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमाथि भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको बताए
युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमाथि भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको बताए

युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमाथि भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका छन्। आक्रमणमा परी कैयौं घाइते भएका छन्।



उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘यो स्पष्ट रूपमा आतंक हो। सामान्य मानिसले यसरी युद्ध गर्दैनन्। विश्वले यस रूसी आक्रमणको उचित जवाफ दिनुपर्छ।’


केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताको सम्भावना व्यक्त गरेका थिए। उनले युक्रेन युद्ध अन्त्य गर्ने दिशामा वार्ता हुन सक्ने बताएका थिए।



तर पछि उक्त भेटवार्ता रद्द गरिएको थियो। पुटिन-ट्रम्प वार्ता स्थगित भएपछि रूसी आक्रमणहरू अझ तीव्र भएका युक्रेनले आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...