: नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले माओवादीसँग पार्टी एकता गर्ने त्यसको सम्पूर्ण प्रक्रियाका विषयमा सचिवालयलाई जिम्मेवारी दिइएको उपाध्यक्ष प्रकाश ज्वालाले बताए।
'हामीले नीतिगतरूपमा पार्टी एकता गर्ने निर्णय गरेका छौं। प्रक्रियागत र प्राविधिक कुरा सचिवालयमार्फत टुंग्याउने अधिकार सचिवालयलाई दिइएको छ,' उनले भने। उपाध्यक्ष ज्वालाले सर्वसहमतिले उक्त निर्णय गरिएको बताए।
'पार्टी एकताका विषयमा विभिन्न विचारहरू आए। त्यसमा पार्टी अध्यक्षले एकताको एजेन्डा प्रस्तुत गर्नुभयो। त्यसमा बहुमतले साथीले समर्थन जनाउनुभयो,' उनले भने।
पार्टी एकताका विषयमा भने पार्टीभित्र विवाद रहेको बताइएको छ। केही नेताहरूले माओवादीसँगको एकताका विषयमा प्रश्न उठाएको बताइएको छ।