मुख्य समाचार
दोलखाको गौरीशंकर गाउँपालिकाको बेदिङ गो हिमालको दोस्रोपटक सफल आरोहण
दोलखाको गौरीशंकर गाउँपालिकाको बेदिङ गो हिमालको दोस्रोपटक सफल आरोहण

: दोलखाको गौरीशंकर गाउँपालिकाको बेदिङ गो हिमालको दोस्रोपटक सफल आरोहण गरिएको छ। ६,१२५ मिटर उचाइको यो हिमाल गौरीशंकर हिमालको रेन्जभित्र पर्दछ। बेदिङ गो हिमाल गौरीशंकर हिमाल शृंखलाभित्र अवस्थित आकर्षक हिमाल हो।



कात्तिक ८ गते बिहान ११:३५ बजे, उत्तरतर्फको टेक्निकल रुटबाट दोस्रो पटक मानव पाइला टेक्न सफल भएको वडा नं. ९ का वडाअध्यक्ष नीमा गली शेर्पाले बताए। यो आरोहण निकै कठिन र प्राविधिक मानिने मार्गबाट सम्पन्न भएको पनि उनले बताए।


दोलखाको गौरीशंकर गाउँपालिका–९ का एक जना, सोलुखुम्बु थामे क्षेत्रका तीन नेपाली र दुई जापानी नागरिकले सफल आरोहण गरेका हुन्। मौसमको चुनौती, चट्टानी भिरालोपन र उच्च जोखिमबीच आरोहण सफल भएको वडाध्यक्ष निमागेलीको भनाइ छ। यसले पर्यटन सम्भावना, पर्वतारोहण र स्थानीय साहसिक अभियानको पहिचानलाई थप बलियो बनाउने पनि अध्यक्ष नीमा गेलीले बताए।



यसअघि, नेपालतर्फको नर्मल रुट हुँदै दोलखाकै छेरिङ पेमा शेर्पासहितको टोलीले सन् २०१५ अक्टोबर २९ मा पहिलो पटक सो हिमालको शिखरमा पाइला टेक्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...