मुख्य समाचार
एक पुरुषको शव फेला
एक पुरुषको शव फेला

: ललितपुर-२२ खोइचामा विहानै एक पुरुषको शव फेला पर्‍यो। शव देख्ने स्थानीयले प्रहरीलाई खबर गरे। टाउको पछाडिको भागमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उक्त पुरुषको शव भेटिएको थियो। घटना केही शंकास्पद लागेकाले नेपाल प्रहरीको केनाइनबाट तालिम प्राप्त कुकुरसमेतको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा मृतक धनबहादुर तामाङ भएको खुल्यो।



जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार दक्षिणकाली-९ स्थायी घर भएका धने भन्ने धनबहादुर तामाङलाई हत्या गरेको आरोपमा वृद्ध व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर-२५ बस्ने ८१ वर्षीय कान्छा पुतुवार रहेका छन्। उनलाई बुधबार साँझ ४ बजे ललितपुरमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो। मृतकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ।


प्रहरीका अनुसार पक्राउ परेका कान्छा पुतुवारको श्रीमतीसँग धनबहादुरको निकटको सम्बन्ध भएको हुनसक्ने शंकाको आधारमा घटना घटेको देखिन्छ। पक्राउ परेका व्यक्तिसँगको बयानका क्रममा उनले एक जना सडकमा बस्ने महिलालाई ल्याएर घरमा राखेका थिए। पछि उनीहरू श्रीमान श्रीमतीको रूपमा रहन थाले। यही क्रममा उनकी श्रीमती मापसे गर्ने र बेला-बेला हराउने गर्थिन्। श्रीमती घरमा भएको बेला मृतक धनबहादुर बेला बेला घरमै आउने गर्थे।



मृतकको गोजीमा कान्छाको श्रीमतीको फोटोसमेत प्रहरीले फेला पारेको छ। मंगलबार राति धनबहादुर मापसे गरेर कान्छाको घरमा आए। ढोका ढकढक गर्दै हल्ला खल्ला गरे। त्यो समयमा कान्छाको श्रीमती घरमा थिइनन्। मृतक तामाङले कान्छाको श्रीमतीलाई भैँसी बेचेर ल्याएको १५ हजार दिएको भन्दै माग्न आएको बताउँथे।

यही क्रममा कान्छाले तामाङलाई एक्कासी रिस आवेगमा आई धनबहादुर तामाङलाई धकेल्दा बिजुलीको पोलमा टाउको ठोकिन पुगी घाइते भई बेहोस भएका थिए। बेहोस भएका तामाङलाई खोल्साको बाटो हुँदै घिसारेर बाँसघारीमा लगी फालेको भनेर आरोपी कान्छाले प्रहरीमा बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा ...
हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
: नेकपा एमालेको महाधिवेशन स्थान परिवर्तन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो। तर शनिबारको सचिवालय बैठकले निर्धारित मितिमा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए। त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। 'पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। ...
: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया रोक्न माग गरेका छन्। शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने भएकाले एकता प्रक्रिया रोक्न माग गरेका हुन्। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने ...