मुख्य समाचार
तान्जानियाको प्रमुख विपक्षी दलले आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु
तान्जानियाको प्रमुख विपक्षी दलले आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु

तान्जानियाको प्रमुख विपक्षी दलले बुधबारको आम चुनावपछि देशभर भएको तीन दिनको विरोध प्रदर्शनमा सयौं मानिसको मृत्यु भएको बताएको छ।



मृत्युको संख्याका बारेमा फरक-फरक दाबीहरू आइरहेको बीबीसीले उल्लेख छ। बीबीसीका अनुसार देशव्यापी इन्टरनेट बन्द हुँदा यी तथ्यांकहरू प्रमाणित गर्न गाह्रो भएको छ।


विपक्षी दलका प्रवक्ता चाडेमाले एएफपीलाई बताएअनुसार सुरक्षा बलसँगको झडपमा करिब ७०० जनाको मृत्यु भएको छ। तान्जानियाको एक कूटनीतिक स्रोतले बीबीसीलाई बताएअनुसार कम्तीमा ५०० जनाको मृत्यु भएको विश्वसनीय रिपोर्ट छ।



सरकारले हिंसाको स्तर कम गर्न खोजिरहेको छ र अशान्ति रोक्न कर्फ्यू बढाएको छ। चुनावलाई अनुचित भन्दै प्रायः युवाहरू सडकमा उत्रिएर देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन्। एक जना जेलमा छन् भने अर्कोलाई प्राविधिक कारणले चुनावबाट अयोग्य घोषित गरिएको छ।

यसले तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन र उनको पार्टी चामा चा मापिन्डुजी (सीसीएम)को जितको सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम