मुख्य समाचार
फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ
फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ

— फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयमा भएको चोरीमा संलग्नको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । गत १९ अक्टोबरमा नेपोलियनकालीन गहना चोरी भएको घटनामा बिहीबार थप पाँच जना पक्राउ परेका हुन् ।


यसअघि गत आइतबार दुई जना पक्राउ परेका थिए । अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी रोयटर्सका अनुसार बिहीबार थप पाँच जना पक्राउ परेसँगै यस घटनामा हालसम्म सात जना पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरू हालसम्म कुनै पनि आपराधिक घटनामा संलग्न नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीबीएस न्यूजले जनाएको छ ।

यस घटनामा सात जना पक्राउ परे पनि चोरी भएका गरगहनाहरू कहाँ छन् भन्ने कुनै तथ्य भेटिएको छैन । पक्राउ परेकाहरूमाथि सोधपुछ जारी छ ।

यद्यपि उनीहरूले चोरी भएको गरगहनाबारे केही थाहा नभएको बताउँदै आएका छन् । लुभ्र संग्रहालय विश्वमै सबैभन्दा धेरै सुरक्षित संग्राहलयमध्ये एक मानिन्छ । गत अक्टोबर १९ मा यो चोरी भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपोलियन तृतीयकी पत्नी युजेनी डे मोन्टिजोका लागि सन् १८५५ मा बनाइएका बहुमूल्य रत्नहरूले जडित युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएका छन् । साम्राज्ञी युजेनीको मुकुट २ सय १२ मोती र करिब २ हजार हीराले जडित थियो ।

यस गहनाको सेटलाई अत्यन्तै बहुमूल्य मानिन्छ । फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ । यसरी भएको थियो चोरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘टाइम’ र ‘द गार्डियन’ का अनुसार १९ अक्टोबर स्थानीय समय बिहान करिब ९ः३० बजेतिर चार व्यक्ति लुभ्र संग्रहालय पुगेका थिए । ट्रकमा जडान गरिएको ‘मेकानिकल’ भर्‍याङ चढेर दुई जना पहिलो तलाको ‘बाल्कोनी’ पुगेका थिए ।

नकाबधारी उनीहरू त्यसपछि ‘डिस्क कटर’ ले झ्याल काटेर नेपोलियन र जोसेफिनको अमूल्य संग्रह रहेको ग्यालरीमा पुगेका थिए । चोरीपछि उनीहरू भर्‍याङबाट ओर्लिए र मोटरसाइकलमा तयारी अवस्थामा बसेका अन्य दुईसँगै भागे । उनीहरूले कामदारजस्तो देखिने पोसाक लगाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको थियो । चोरहरूले भाग्ने क्रममा ट्रकमा आगो लगाउन खोजेका थिए तर सफल भएनन् । यही कारण उनीहरूले प्रयोग गरेका हेल्मेट, एंगल ग्राइन्डर, डिस्क कटर, ज्याकेट र अन्य सामग्री घटनास्थलमै छुटेका थिए ।



अहिले अनुसन्धानकर्ताले ती सामग्रीको विस्तृत विश्लेषण गरिरहेका छन् । चोरीमा संलग्नहरू पेसेवर चोर भएको अनुमान गरिएको छ । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले यस घटनालाई अहिलेसम्मकै ठूलो चोरीमध्ये एकका रूपमा वर्णन गरेका छन् । चोरीपछि लुभ्र संग्रहालय तीन दिनसम्म बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम