मुख्य समाचार
बेलायती अधिराजकुमार एन्ड्रयुको ताज खोसियो
बेलायती अधिराजकुमार एन्ड्रयुको ताज खोसियो

— बेलायतका अधिराजकुमार एन्ड्रयुले आफ्नो उपाधि गुमाएका छन् । राजा चार्ल्सका भाइ एन्ड्रयुलाई अब एन्ड्रयु माउन्टबेटन विन्डसर नामले सम्बोधन गरिने बिहीबार राति बकिङह्याम दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


कुख्यात बाल यौन दुराचारी जेफ्री इप्स्टेनसँगको सम्बन्धलाई लिएर उनी विवादमा तानिएका थिए । यस विषयमा हप्तौंदेखि अनुसन्धान चलिरहेको छ । चार्ल्सले अब बेलायती राजकुमारका रुपमा उपभोग गरिरहेका विन्डसर म्यान्सन रोयल लज पनि त्याग्नेछन् ।

राजकुमारका रुपमा पाएको ‘डुक अफ योर्क’ उपाधिसहित अन्य शाही उपाधि उनले अघिल्लो महिना नै त्यागिसकेका छन् । मरणोपरान्त प्रकाशित अधिवक्ता भर्जिनिया लुईस जुफ्रेको संस्मरणमा राजकुमार एन्ड्रयुसँग तीनपटक यौन सम्बन्ध कायम रहेको उल्लेख छ । आफूमाथि किशोरावस्थामा एन्ड्रयुले जबर्जस्ती गरेको उनको आरोप छ ।

यौन दुराचारी तथा मानव तस्करविरुद्ध कानुन लडाइँ सञ्चालन गरिरहेकी यी अभिवक्ताको ४१ वर्षको उमेरमा गत अप्रिलमा निधन भएको थियो । उनको आत्मवृत्तान्त गत महिना मात्रै प्रकाशित भएको हो । कुख्यात दुराचारी जेफ्रे इप्स्टेनलाई कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

जेफ्रेले आत्मवृत्तान्तमार्फत लगाएको आरोप खण्डन गर्दै राजकुमार एन्ड्रयुले आफूले उनलाई दुर्व्यवहार नगरेको दाबी गरिरहेका थिए । तर केही समयअघि मात्रै सन् २०११ का इमेल सामाजिक सञ्जालमा भाइरल हुन थाले । जहाँ, एन्ड्रयु र बाल दुराचारी तथा यौन प्रयोजनका लागि मानिसहरुको ओसार–पसार गर्ने इप्स्टेनबीच संवाद भएको देखिन्छ । जबकि एन्ड्रयुले सन् २०११ भन्दा निकैअघि उनीसँगको मित्रता टुटिसकेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम