मुख्य समाचार
‘ए’ डिभिजन लिगबारे मन्त्रालयमा छलफल
‘ए’ डिभिजन लिगबारे मन्त्रालयमा छलफल

— सहिद स्मारक लिग ‘ए’ डिभिजन नभएको तीन वर्ष छुनै लाग्दा त्यसको आयोजनालाई लिएर बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ । लिग आयोजनाका लागि यस्तो छलफल मन्त्रालयमा अनावश्यक रहेको धारणा बाहिर आइरहेकै बेला यो भेला भएको हो ।


युवा तथा खेलकुदमन्त्रीमा बल्लु गुप्ताको नियुक्तिपछि यो छलफल सुरु भएको हो । त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति थियो ।

त्यस अवसरमा एन्फाका महासचिव किरण राईले लिग सञ्चालनका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका थिए । उनले लिगका लागि प्रायोजक खोज्न पनि गाह्रो भइरहेको दाबी गर्दै फिफा र एएफसीबाट आउने रकम सिधै लिग आयोजना गर्न नमिल्ने पनि बताए ।

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले बिहीबारको छलफल निकै अर्थपूर्ण, सकारात्मक र आशापूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'युवा तथा खेलकुद मन्त्रालय अखिल नेपाल फुटबल संघ र ए–डिभिजन क्लबहरूबीच खुलेर भएको छलफलले नेपाली फुटबलको वर्तमान अवस्था र भविष्यप्रति सबैको जिम्मेवारी, प्रतिबद्धता र समझदारी स्पष्ट रूपमा देखाएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...