 
                                                                                            — नियमित महाधिवेशनको कार्यतालिकाले विवाद नमिलेपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ ।
नियमित महाधिवेशनको कार्यतालिका विवादलाई अनौपचारिक तहमा मिलाएर आइतबार बैठक बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
कार्यवाहक सभापति पुर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बिहानको बैठकमा समझदारी नभएपछि सबै नेता सानेपा पुगेका थिए ।
सानेपामा आ-आफ्नो समूहको छलफलपछि पनि अनौपचारिक कुराकानी भएको थियो । तर, संस्थापन पक्षले फागुन २१ को निर्वाचनपछाडि वैशाखमा कार्यतालिका ल्याउनुर्ने अडान लिएको थियो ।
महामन्त्रीद्वय थापा र शर्माले पुस १६ को बटम लाइन लिएका छन् । थापाले पुस २६ को कार्यतालिका बैठकबाट प्रस्तुत गरेमा संस्थापन पक्षले काउन्टरमा वैशाखको कार्यतालिका ल्याउने तयारी गरेको थियो ।
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    