मुख्य समाचार
ठूला उद्योगमा बिजुली कटौती भएपछि खेर गयो ३ सय मेगावाट बिजुली
ठूला उद्योगमा बिजुली कटौती भएपछि खेर गयो ३ सय मेगावाट बिजुली

— नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि करिब तीन सय मेगावाट विद्युत् खेर जान थालेको ऊर्जा उत्पादकहरूले बताएका छन् । वर्षायाममा समेत बिजुली खेर गइरहेको र दसैं–तिहारमा उद्योग बन्द भएर माग कम भइदिँदा बिजुली खेर जाने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।


यस वर्षको तिहारको छेकोमा प्राधिकरणले २५ उद्योगको बिजुली काटेपछि थप विद्युत् खेर गएको हो । धेरै विद्युत् खपत गर्ने दर्जनौं ठूला उद्योगमा एकै पटक विद्युत् लाइन काटिदिएपछि तीन सय मेगावाट बिजुली खेर गएको छ । यद्यपि उद्योगमा बिजुली काट्नुअगावै पनि १५० मेगावाट बिजुली खेर गइरहेको प्राधिकरण स्रोतको भनाइ छ । ‘उद्योगमा बिजुली काट्नुअघि १५० मेगावाट बिजुली खेर गइरहेको थियो,’ स्रोतले भन्यो, ‘उद्योगमा बिजुली कटौतीपछि तीन सय मेगावाट बिजुली खेर गइरहेको छ । ओभर लोड र बजार नै मुख्य समस्या हो ।’

लमजुङस्थित ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् कन्टिन्जेन्सीमा राखिएको आयोजना हो । सुरुमा ‘टेक अर पे’ मै विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भए पनि प्रसारणलाइनको क्षमताले नधानेको भन्दै तीन वर्षदेखि यसलाई ‘कन्टिन्जेन्सी’ मा राखिएको छ । ठूला उद्योग बन्द भएपछि भने आयोजना कहिले बन्द गरिएको त कहिले ५ देखि ७ मेगावाटमा मात्रै चलाइएको आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए ।

‘तीन वर्षदेखि आयोजना कन्टिन्जेन्सीमा छ, असोजयता राम्ररी चल्न सकेको छैन,’ उनले भने, ‘कहिले पावर प्लान्ट नै बन्द, कहिले ५/७ मेगावाट मात्रै उत्पादन हुन्छ ।’

कात्तिकयता ७ प्रतिशत मात्रै आयोजना सञ्चालन भएको समेत गौतमको भनाइ छ । प्राधिकरणको आफ्नो जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि निजी आयोजना भने निर्देशनात्मक रूपमा क्षमता घटाएर सञ्चालन गर्नुपरेको ऊर्जा उत्पादक बताउँछन् । ८४ मेगावाटको राहुघाट आयोजनाको बिजुली पूर्ण रूपमा खेर गएको छ । आयोजनाको बिजुली सबै खेर गएको आयोजनाको प्रवर्द्धक कम्पनी टुन्डी पावर कम्पनीका महाप्रबन्धक इन्द्र ढकालले जनाए ।


कास्कीस्थित ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा थियो । यो आयोजना कन्टिन्जेन्सीमा पनि छैन । तर ठूला उद्योगमा लाइन काटेपछि दिनमा १५ मेगावाट मात्रै विद्युत् प्राधिकरणले किनिरहेको सुपर मादी जलविद्युत् कम्पनीका एक निर्देशकले बताए । चाडपर्वमा बिजुली खपत कम हुने भएकाले २८/३० मेगावाट मात्रै विद्युत् खरिद गरे पनि अहिले झन् घटेको ती निर्देशकको भनाइ छ ।

नेपालको कुल जडित क्षमता ३ हजार ७ सय मेगावाट पुग्दा निजी क्षेत्रको उत्पादन क्षमता मात्रै ३ हजार मेगावाट छ । प्राधिकरणका अनुसार एक हजारभन्दा बढी बिजुली निर्यात भइरहेको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीले टाइम अफ डे (टीओडी) मिटरको बिल माग गरिरहेका छन् भने प्राधिकरणले बिल दिइसकेको भन्दै बक्यौता तिर्न ताकेता गर्दै आएको छ ।



उद्योगी र प्राधिकरण आआफ्नै अडानमा बसेपछि नेपाल उद्योग परिसंघले वार्ता संवादबाट समाधान गर्न आग्रह गरेको छ । परिसंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारसमक्ष आग्रह गरेको हो । आवश्यक परे वार्ता संवादका लागि सहजीकरण गर्न परिसंघ तयार रहेको समेत जनाएको छ । ‘वर्षौंदेखि गिजोलिएको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद समाधान गर्न परिसंघले तत्कालीन सरकारलाई एक उच्चस्तरीय आयोग बनाउन सुझाव दिएको थियो,’ विज्ञप्तिमा भनिएको छ । लामो समयदेखि बक्यौता विवाद समाधान हुन नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह नभइरहेको र लगानीको वातावरणमा असर पर्ने हुँदा विवाद समाधान गर्न अत्यावश्यक रहेको परिसंघको भनाइ छ ।

‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको, उत्पादनमूलक उद्योगहरूले न्यून क्षमतामा वस्तु उत्पादन गरी जेनतेन उद्योग सञ्चालन गरिरहेको अवस्थामा केही उद्योगमा प्राधिकरणले बिजुलीको लाइन काट्दा ती उद्योग थप मर्कामा पर्नुका साथै ती उद्योगमा कार्यरत श्रमिकसमेत मारमा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारसमक्ष परिसंघ हार्दिक आग्रह गर्दछ ।’ यसैबीच समग्र उद्योग ट्रेड युनियन, नेपाल (हविन) ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणद्वारा देशका केही उद्योगहरूको बिजुली काट्ने निर्णयप्रति आपत्ति जनाएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा केही ठूला औद्योगिक प्रतिष्ठानको बिजुली आपूर्ति बन्द गरिएपछि ती उद्योगमा कार्यरत ३० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको हविनको भनाइ छ ।

‘सरकारको यो कार्यले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविकोपार्जन संकटमा पारेको छ, जुन पूर्ण रूपमा गैरजिम्मेवार, अमानवीय, राष्ट्र र श्रमिकविरोधी काम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जामन्त्रीको सन्की निर्णयले राष्ट्रको उत्पादन रोक्ने अपराधपूर्ण काम बन्द गरी प्रभावित उद्योगको बिजुली अविलम्ब जोड्न युनियन जोडदार माग गर्दछ ।’

सरकारी निकायको आन्तरिक विवाद वा भुक्तानीसम्बन्धी विवादको भार श्रमिकमाथि थोपार्नु गैरजिम्मेवार, अमानवीय र श्रमिकविरोधी कार्य रहेको हविनले जनाएको छ । ‘विद्युत् काटेको कारण बेरोजगार र पारिश्रमिकबाट वञ्चित गरिएका श्रमिकको जिम्मेवारी सरकारले लिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि राज्य, सरकार र संवैधानिक आयोगबीच सहकार्य एवम् तदारूकता आवश्यक रहेको बताएका छन् । आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् । अध्यक्ष दाहालले आदिवासी जनजाति आयोगले गरेका सिफारिसमध्ये ...
— ट्र्याक्टरबाट खसेर दाेलखाकाे बिगु गाउँपालिका-६ आलम्पुमा एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान चिम्टेबाट ढुंगा लाेड गरेर आलम्पु आ उँदै गरेकाे प्र १-०१-००१ त ८८७२ नम्बरकाे ट्र्याक्टरकाे ढालाबाट खस्दा स्थानीय ४० वर्षीय मानबहादुर थामीकाे मृत्यु भएकाे हो । दुर्घटनापछि फरार चालकको खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
— महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय ...
— नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार कार्यमा संलग्न चारवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ आँधीखोलास्थित दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुलदेखि माथिको घाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे १० बजेको समयमा नियन्त्रणमा लिइएका ट्र्याक्टररलाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ...
— धनकुटा नगरपालिका-९ तीनघुम्तीमा दमकबाट खोटाङको दिक्तेल जाँदै गरेको बस शुक्रबार बिहान ८:४५ बजे दुर्घटना भएको छ । प्रदेश १-०२-००२ ख ९५१९ नम्बरको बसको चक्का अनियन्त्रित भई सडकमा पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको लेटाङ-३ की ५५ वर्षीया मीना गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य यात्रु सकुशल रहेको धनकुटाका एसपी सरतकुमार ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम