मुख्य समाचार
अविरल वर्षाका कारण उदयपुरका विभिन्न स्थानमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध
अविरल वर्षाका कारण उदयपुरका विभिन्न स्थानमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध

— बिहीबारदेखि परेको अविरल वर्षाका कारण उदयपुरका विभिन्न स्थानमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध बनेको छ ।


लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक सञ्जालमासमेत क्षति पुगेको छ ।

अविरल वर्षाका कारण बेतेनी माझखर्क सडक, नुनथला–रुपाटार–ठानागाउँ सडक, बेतेनी–सोरुङ राम्चे, पुँवारे–डिल्लीबर–माझखर्क सडक, भुट्टार–पुवाँरे सडक, बाराहा–राँकुला–ठानागाउँ सडक लगायतका सडकमा क्षति पुगेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताए ।

‘अविरल वर्षाले धेरै ठाउँमा सडक बिगारेको छ, आशिंक रुपमा मात्रै सवारी सञ्चालन भइरहेको छ, वर्षा सकिएपछि मर्मत सुरु गर्नेछौं,’ उनले भने । वर्षाकै कारण लिम्चुङबुङ गाउँपालिकाको ताम्लिक्षा, बलम्ता, जाँते, बाFसबोटे, ताप्ली गाउँपालिकाको ओख्ले, लेखगाउँ, ईनामे हुँदै वडा कार्यालय र पालिका केन्द्र जोड्ने सडकमासमेत क्षाति पुगेर सडक अवरुद्ध बनेको छ ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार पोखरी, आँपटार, रसुवा, नामेटार, भुट्टारका वडा कार्यालय हुँदै पालिका केन्द्र जोड्ने सडक बिग्रिएर सवारी आवागन बन्द भएको छ । चाँडै मर्मतको काम सुरु गरिने उनले बताए ।


वर्षाकै कारण पोल ढलेपछि लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा बिहीबारदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । ‘पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ, भोलिबाट मर्मत सुरु हुनेछ,’ लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले भने । विद्युत् नहुँदा टेलिफोन टावरमासमेत असर पुगेकाले सञ्चार सेवा आशिंक रुपमा अवरुद्ध बनेको ताप्ली गाउँपालिका–५ रुपाटारका वडाध्यक्ष विष्णु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि राज्य, सरकार र संवैधानिक आयोगबीच सहकार्य एवम् तदारूकता आवश्यक रहेको बताएका छन् । आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् । अध्यक्ष दाहालले आदिवासी जनजाति आयोगले गरेका सिफारिसमध्ये ...
— ट्र्याक्टरबाट खसेर दाेलखाकाे बिगु गाउँपालिका-६ आलम्पुमा एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान चिम्टेबाट ढुंगा लाेड गरेर आलम्पु आ उँदै गरेकाे प्र १-०१-००१ त ८८७२ नम्बरकाे ट्र्याक्टरकाे ढालाबाट खस्दा स्थानीय ४० वर्षीय मानबहादुर थामीकाे मृत्यु भएकाे हो । दुर्घटनापछि फरार चालकको खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
— महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय ...
— नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार कार्यमा संलग्न चारवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ आँधीखोलास्थित दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुलदेखि माथिको घाटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे १० बजेको समयमा नियन्त्रणमा लिइएका ट्र्याक्टररलाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए ...
— धनकुटा नगरपालिका-९ तीनघुम्तीमा दमकबाट खोटाङको दिक्तेल जाँदै गरेको बस शुक्रबार बिहान ८:४५ बजे दुर्घटना भएको छ । प्रदेश १-०२-००२ ख ९५१९ नम्बरको बसको चक्का अनियन्त्रित भई सडकमा पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको लेटाङ-३ की ५५ वर्षीया मीना गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य यात्रु सकुशल रहेको धनकुटाका एसपी सरतकुमार ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम