मुख्य समाचार
ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा
ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गरेका छन् । दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।


त्यस्तै, चीनबाट अमेरिकामा आउने ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्व र धातु) माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको बताए ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो ।

चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे बेइजिङले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

रेयर अर्थ के हो ?

पृथ्वीमा रहेका १७ वटा रसायनिक तत्वहरुको समूहलाई रेयर अर्थ (दुर्लभ खनिज–तत्व) भनिन्छ । स्मार्टफोन, इलेक्ट्रिक उपकरण, गाडीका पाटपुर्जा, पानीजहाज तथा फाइटर जेटजस्ता सैन्य सामग्री निर्माणमा यसको उपयोग हुन्छ ।

ब्याट्री, मदरबोर्ड, स्क्रिन, स्पिकर, मोटर्सलगायत पाटपुर्जाहरु बनाउने यसको प्रयोग हुन्छ । इन्टरनेशनल इनर्जी एजेन्सीको रिपोर्टअनुसार विश्वको कुल दुर्लभ खनिज–तत्वको ६० प्रतिशत खानी चीनमा रहेको अनुमान गरिएको छ ।

उपकरणहरुमा प्रयोग गर्न मिल्ने (प्रशोधित दुर्लभ धातु) मध्ये ९० प्रतिशतभन्दा धेरै चीनमा प्रशोधन हुन्छ । गत अप्रिलयता बेइजिङले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ७ वटा दुर्लभ खनिज तत्व र त्यससँग सम्बन्धित प्रविधिको आपूर्तिमा कडाई गरिदिएको छ । यसलाई विश्वका दुई महाशक्ति देशबीचको व्यापार युद्धको नयाँ शृंखलाका रुपमा हेरिएको छ ।

अमेरिकामात्रै नभएर पश्चिम युरोप, दक्षिण कोरिया सिंगापुर, जापानलगायतका अन्य ठूला अर्थतन्त्रसमेत यस निर्णयबाट प्रभावित छन् । किनकी, इलेक्ट्रिक डिभाइस तथा अत्याधुनिक प्रविधि निर्माणमा यसको प्रयोग अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम