: काभ्रेपलाञ्चोक जिल्ला अदालतले अधिकारकर्मी खगेन्द्र सुनारलाई धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
विद्युतीय कारोबार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार भनिएका सुनार बिहीबार अदालतमा हाजिर भएका थिए। सुनारविरुद्ध मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन्।