— बैतडीको डिलासैनी र शिवनाथ गाउँपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीय हरुली कार्कीको र शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय ईन्द्रसिंह साउदको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कायालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
कार्की बुधबार दिउँसो ४ बजेतिर घर नजिकैको फाग्लाबाट खर काटने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै बुधबार साँझ शिवनाथ मन्दिरमा लागेको जात्रा (मेला) हेरेर घर फर्किने क्रममा भिरबाटै लडेर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ ।