मुख्य समाचार
माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव पेश
माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव पेश

— नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव पेश भएको छ । अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमा कात्तिक मसान्तभित्र एकता टुंग्याउने पक्षमा छन् ।


माओवादी र समाजवादीबीच राजनीतिक, सैद्धान्तिक विषयमा टुंगो लागिसकेको छ भने पार्टीको नयाँ नाम राख्ने विषयमा सहमति नजिक छन् ।

तर एकीकृत समाजवादीभित्र सम्मानित नेता झलनाथ खनाल भने एकताको विपक्षमा उभिएका छन् । ‘माओवादीसँग पार्टी एकता गरी पार्टीलाई विसर्जन गर्न खोजेको’ भन्दै उनले विरोध गरेका छन् । अध्यक्ष नेपालले माओवादीसँग एकता गरी व्यक्तिगत ‘संरक्षण’ खोजेको, पार्टीको सही नेतृत्व गर्न असफल भएको आरोप लगाउँदै खनालले माओवादीसँग एकता गरी विभाजन ल्याउन खोजेको बताएका छन् । माओवादीसँग पार्टी एकता भएमा यसको विरोधमा रहेका झलनाथ पक्षधरहरु के गर्छन ? अनि उनिहरु यो एकताको विरोधमा किन उभिएका हुन ? गंगा बीसीले यिनै बिषयको सेरफेरोमा गरेको कुराकानीको सारसंक्षेप:

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको मुख्य प्रस्ताव माओवादीलगायत अन्य दलसँग पार्टी एकता गर्ने भन्ने छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनै लागेको हो ?


अब यो एक थरिले चाहिँ एकता टुंग्याउनै खोजिरहेको अवस्था छ । यथार्थमा अहिले जुन देशको परिस्थितिको विकास भइरहेको छ । यो विकसित परिस्थितिको बारेमा हाम्रो पार्टीको नेतृत्वले कुनै ध्यान दिइरहेको अवस्था मैले देखिनँ । पहिलो कुरा त विगत लामो अवधिमा संविधान घोषणा भइसकेपछि जति पनि सरकारहरु बने । ती सरकारहरुले देश र जनताको हितमा ध्यान नै दिन सकेनन् ।


जनताले जुन प्रकारको कुरा चाहेका थिए, मुलुकको सुधारको चाहेका थिए । कृषि क्रान्ति चाहेका थिए होलान् । औद्योगीकरण चाहेका थिए होलान् । व्यापक रुपले रोजगारी सिर्जना गर्न चाहेका थिए । भ्रष्टाचार उन्मुलन गर्न चाहेका थिए । शिक्षा स्वास्थ्यमा व्यापक रुपमा सुधार चाहेका थिए । राष्ट्रियतालाई बलियो बनाऔं भन्ने चाहेका थिए तर जनताको त्यो चाहनालाई पूर्ति गर्ने सरकारै बन्न सकेनन् ।

मुलुकमा निरन्तर भ्रष्टाचार जारी रहृयो । यो वा त्यो नाममा बिचौलियाहरुको खेलमा सरकार बने । त्यसले गर्दा जनता व्यापक रुपले असन्तुष्ट बनेका थिए । सरकारविरुद्ध आक्रोश बढिरहेको थियो । त्यो आक्रोशको एउटा परिणति हो यो जेन–जी आन्दोलन । हेर्नुस् यो आन्तरिक कारण त यही हो । २४ गतेको दिनचाहिँ गलत तत्वहरुले त्यसलाई गलत दिशा दिन खोजेर मुलुकलाई यो अवस्थामा पुर्‍याए । त्यसमा बाहृय शक्तिको पनि विभिन्न ढंगले भूमिका पनि होला ।



तर यो आन्तरिक रुपमा जुन कारण छ, त्यसलाई नपहिल्याइकन, नखोजिकन त्यसलाई निर्क्यौल नगरिकन कुनै पनि पार्टीले नयाँ निर्णय गर्नु गलत हुन्छ । हाम्रो पार्टीलगायत सबै पार्टीहरुले आफ्नो तर्फबाट भएका गल्ती कमजोरी सच्याउनतिर लाग्नुपर्छ । यो बीचमा हाम्रो पार्टीलगायत अरुको पनि नेतृत्व पंक्ति असफल भएको छ । त्यो असफलता उनीहरुले स्वीकार गर्नुपर्छ । यो परिस्थितिमा त्यही नेतृत्व बसेर पार्टीको नेतृत्व गर्न सक्दैन ।

अहिले हाम्रो पार्टीमा पनि त्यही हो । हाम्रो पार्टीको नेतृत्वले पनि चार वर्ष अगाडि एमालेबाट जुन विद्रोह गर्‍यो । त्यो विद्रोह गर्दा जे उद्देश्य राखेको थियो, त्यो एउटा पनि पूरा गर्न सकेन । त्यो कारणले गर्दाखेरि अब अहिलेको अवस्थामा त यो नेतृत्वले काम गर्न सक्ने अवस्थामै छैन । पार्टी नेतृत्व अहिले जे अवस्थामा छ । त्यसलाई पुनर्गठन गर्नुको विकल्प छैन ।

माओवादीसँग छिटो मिलिहाल्नुपर्ने अवस्था कसरी आयो ?

यो अहिले मिलिहाल्नुपर्ने केही पनि आवश्यकता होइन । सबै वामपन्थीहरुकोबीचमा कार्यगत एकता गरेर अगाडि बढ्नु सबभन्दा उपयुक्त अवस्था हो । साझा सवालमा संयुक्त भएर अगाडि बढ्ने, त्यसपछि विस्तारै नीति विचारहरुमा एकरुपता कायम गर्दै जाने, अनि एकता गर्ने हुन सक्थ्यो होला । एउटा प्रक्रियापछि एकता गर्न सकिन्थ्यो ।

तर अहिले नेतृत्वले आफ्नो असफलतालाई लुकाउनका निम्ति हतार हतारमा एकता गर्ने प्रयत्नहरु भइरहेका छन् । यो एकता गर्ने प्रयत्नसँग आम कार्यकर्ताहरु सहमत छैनन् ।

केन्द्रीय कमिटीले एकता गर्ने निर्णय गर्‍यो भने तपाईहरुसँग के विकल्प हुन्छ ?

माधव नेपाल कमरेडले हिजो चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गर्नुभयो र एउटा अलग पार्टी बनाउनु भयो । अलग समूह बन्यो । अब त्यसलाई चार वर्षपछि आएपछि एकातिर एउटा समूह लिएर उहाँ माओवादीमा जाने अनि अरु हामी असहमत हुनेले अर्को पार्टी बनाउने हुन सक्छ । अर्कोतिर उहाँले चार वर्षसम्म पार्टीलाई दक्षिणीपन्थी बाटोमा हिँडाउने कोसिस गर्नुभयो ।

कांग्रेसको पनि पूरै प्यादा भएर नै हिँड्नुभयो । माओवादीमा विसर्जन हुन खोज्दै हुनुहुन्छ । पार्टीलाई पनि त्यसरी हिँडाउनु भयो । अनि अब अहिले आएर चाहिँ विसर्जनतर्फ जान खोज्दै हुनुहुन्छ । पार्टीलाई लगेर माओवादीमा विसर्जन गर्ने, पार्टी विभाजन गर्नेतिर माधव नेपाल हुनुहुन्छ ।

तपाईँहरु एमालेसँग मिल्न जानुहुन्छ ?

होइन, अहिले माधव नेपालले पार्टीलाई जुन बाटोमा लान खोजिरहनु भएको छ, त्यो अहिले हामी हिड्ने बाटो होइन कमरेड भनेर त्यसो नगरौं भनेका छौं । यो पार्टी रुपान्तरण गरौं अलि बलियो पार्टी बनाऔं । क्रान्तिकारी पार्टी बनाऔं । त्यसपछि एउटा बृहत वामहरुलाई एकताबद्ध बनाउने कोसिस गरौं । त्यो दिशामा जाऔं । वाममोर्चा निर्माण गरौं भनेका छौं । हामी त्यही हिसाबले नै अघि बढ्दैछौं ।

अहिले माओवादीसँग मिल्नु हुन्न भन्नेमा पार्टीमा को–को नेता हुनुहुन्छ ?माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन गर्ने, विलय गर्ने र विभाजन गर्ने हो ।

माोवादीसँग मिल्नुपर्छ भनेर माधवजीले नेतृत्व गर्नुभएको छ । त्यसको पक्षमा उहाँको समूह छन् । ती सबै समूहको नामै किन लिनुपर्‍यो र ? अहिले तत्कालै माओवादीसँग एकता गर्नुहुँदैन भन्ने पक्षमा म, घनश्याम भुसाललगायत साथीहरु छौं ।

माओवादीसँग एकता गर्दा पार्टी विसर्जन हुन्छ भन्नुको तर्क के हो ?

माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन गर्ने, विलय गर्ने र विभाजन गर्ने हो । माओवादीसँग मिलेर न एमालेबाट विद्राह गर्नुको औचित्य पुष्टि हुन्छ, न पार्टीको अस्तित्व रहन्छ । त्यो केवल नेताको सुरक्षासँग जोडिएको छ ।

उसो भए काभ्रेको जग्गा हिनामिना प्रकरणमा माधव नेपाललाई मुद्दा लागेपछि एकता गर्न हतारिनु भएको हो ?

माओवादीसँग एकता गर्न उहाँको वैचारिक, राजनीतिक, सैद्धान्तिक त्यस्तो महत्त्वपूर्ण केही पनि देख्दिनँ । उहाँलाई यो मुद्दा लाग्यो । अनि पार्टी सञ्चालन पनि सक्नु भएन । पार्टी हाँक्न पनि सक्नु भएन । पार्टी निर्माण गर्न पनि सक्नु भएन । पार्टी विस्तार गर्न पनि सक्नु भएन ।

अनि पार्टी बनाउन नसकिने स्थिति महसुस गरेपछि लगेर कतै बुझाउने उहाँको चाहना देखिन्छ ।

माधव नेपाल माओवादीसँग मिले पनि नेकपा एकीकृत समाजवादी कायम राख्नुहुन्छ ?

हामी जति छौ, आफ्नो ढंगले अघि जान्छौं ।

यसबारे केन्द्रीय कमिटीमा फरक मत राख्नुहुन्छ ?

केन्द्रीय कमिटीमा मेरो फरक दस्तावेज प्रस्तुत गर्छु । पार्टी एकतामा फरक मतलगायत धेरै विषय त्यसमा आउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ । यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार केन्द्रले ३ देखि ६ महिनासम्ममा १२ लाख लाइसेन्स छापेर वितरण गर्ने भएको छ । यातायात विभागले २५ लाखभन्दा ...
— बीपी राजमार्गमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । विपद् जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभन्ज्याङ-भकुन्डेबेँसी-सिन्धुली खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सबै सवारीमा रोक लगाइएको हो । वर्षात र बाढीपहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी आवागमनमा ...
: नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा ...
डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको बक्यौंता महशुल नतिरेको भन्दै विद्युत लाइन काटेको बिरोध
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका छन्। उनले जेनजी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका हुन्। महासचिव पोखरेलले आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको बताए। उनले जेनजी आन्दोलनमा उठाइएका माग जायज भएपनि राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम