: बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरूली कार्कीको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
बुधबार दिँउसो घर नजिकैको न्यौटे भीरमा खर काटिरहेको अवस्थामा लडेकी कार्कीको करिब एक सय मिटर तल खोल्सामा शव फेला परेको स्थानीय बमबहादुर कार्कीले जानकारी दिए।
सुदूर पहाडमा बर्सेनि थुप्रै महिलाहरूले खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन्।