मुख्य समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङले गाजा युद्धविराम सम्झौतामा महान् योगदान दिएको भन्दै आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद
चिनियाँ राष्ट्रपति सी जिनपिङले गाजा युद्धविराम सम्झौतामा महान् योगदान दिएको भन्दै आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद

: चिनियाँ राष्ट्रपति सी जिनपिङले गाजा युद्धविराम सम्झौतामा महान् योगदान दिएको भन्दै आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। आज दक्षिण कोरियामा भएको दुई नेताबीचको भेटमा सीले गाजा युद्धविराम सम्झौताको निष्कर्षमा अमेरिकी राष्ट्रपतिको महान् योगदानको कदर गरेको बताएका हुन्।


ʻमलेसियाको भ्रमणको क्रममा तपाईंले कम्बोडिया र थाइल्याण्ड सीमामा शान्ति सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको देख्नुभयो। यसमा तपाईंले योगदान दिनुभएको थियो,ʻसीले ट्रम्पलाई भने, ʻचीनले पनि हाम्रो आफ्नै तरिकाले सीमा विवाद व्यवस्थापन गर्न मद्दत गरिरहेको छ।ʼ


सीले अन्य मुद्दा समाधान गर्न शान्ति वार्तालाई पनि प्रवर्द्धन गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...
। बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् । सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन ...
। स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ । ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका छन्, जसमा अधिकांश ...
। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था ...
। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो । नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र ...