 
                                                                                            : नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। 
पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्।
नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले उनले राजीनामा पेस गरेको बताए। 
२०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा एन्फाले म्याट रसलाई जिम्मेवारी सुम्पिएको थियो।
 
                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                    