मुख्य समाचार
मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली एक युवा क्रिकेटरको मृत्यु
मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली एक युवा क्रिकेटरको मृत्यु

: मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली एक युवा क्रिकेटरको मृत्यु भएको छ।

१७ वर्षीय बेन अस्टिन नामका क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बल उनको टाउको र घाँटीमा लागेको थियो।

अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ।

मंगलबार घाइते भएका बेनलाई अस्पतालको जीवनरक्षक प्रणालीमा राखिएको थियो। तर बुधबार उनको मृत्यु भएको हो।

उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसिसी विश्वकप लिग २ अन्तर्गतको जारी श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ। नेपाल र यूएईबीचको खेल दुबईको आइसिसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार ११:१५ बजेदेखि सुरु हुनेछ। नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। त्यस्तै, यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो। आज दुबै टोली जारी श्रृङ्खलाको पहिलो जितको खोजीमा हुनेछन् ...
: नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्। नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले उनले राजीनामा पेस गरेको बताए। २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा एन्फाले म्याट रसलाई जिम्मेवारी सुम्पिएको थियो।
: मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको छ। सिक्किमको पाल्जोर रङ्गशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेनन्। खेलको निर्धारित ९० मिनेटसम्म नेपालको पोस्ट उषा नाथले सम्हालेकी थिइन्। खेल बराबरीमा जाने भएपछि नेपालका प्रशिक्षक नवीन न्यौपानेले नेपाली ...
। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन् । छठ पर्वका लागि धनुषा गएका मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेर भारत यात्राका क्रममा नेपाली महिला फुटबल टोलीको उचित व्यवस्थापन नभएको गुनासो आएको भन्दै स्पष्टीकरण ...
: नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो। नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्। सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम