मुख्य समाचार
भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल
भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल

। भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ ।

वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् ।

डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स (एक्यूआई) ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो ।

यस्तै इन्डिया गेट र नेहरू नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्दछ ।

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न मंगलबार दुई पटक क्लाउड सिडिङ गरियो ।

दिल्लीका पर्यावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले आईआईटी कानपुरको टीमसँग मिलेर क्लाउड सिडिङ गरिएको र केही घण्टामा वर्षा हुने दाबी गरेका थिए ।

तर, पछिल्लो जानकारी अनुसार क्लाउड सिडिङपछि पनि दिल्लीसहित आसपासका कुनै पनि क्षेत्रमा वर्षा भएको छैन ।

दिल्ली सरकारले आईआईटी कानपुरसँग मिलेर क्लाउड सिडिङको परीक्षण गरेको हो ।

आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले इन्डिया टूडेसँग भनेका छन्, ‘भलै क्लाउड सिडिङ पछि वर्षा भएन, तर यसबाट हामीलाई डेटा संकलनमा सहयोग भयो, जसले भविष्यमा क्लाउड सिडिङलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ ।’

आईआईटी कानपुरले क्लाउड सिडिङका लागि आठ वटा फ्लेयर प्रयोग गरेको थियोे । जसले दुईदेखि अढाइ मिनेटसम्म काम गर्ने भनिएको थियो ।

प्रत्येक फ्लेयर करिब दुईदेखि अढाइ किलोसम्म तौलको हुन्छ र यसबाट सिल्वर आयोडाइड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड जस्ता रसायन विशेष विमानमार्फत् बादलमा छरिएका थिए ।

रसायनहरूको प्रयोग गरेर कृत्रिम वर्षा गराउने प्रक्रियालाई क्लाउड सिडिङ भनिन्छ । यसमा सिल्वर आयोडाइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड जस्ता रासायनिक पदार्थ विमान वा ड्रोनमार्फत् बादलमा छरिन्छन् ।

यी पदार्थले बादलभित्रको स–साना पानीका कण आपसमा जोड्ने र बरफका टुक्रा बन्ने प्रक्रिया तीव्र पार्छन्, जसले गर्दा अन्तत: वर्षा हुन्छ ।

यो प्रविधिको विकास सन् १९४० तिर अमेरिकी वैज्ञानिक भिन्सेन्ट जे. शेफरले गरेका थिए । हाल अमेरिकादेखि चीन र संयुक्त अरब इमिरेट्स लगायत विभिन्न देशले प्रदूषण नियन्त्रण र पानी अभाव समाधानका लागि यसको प्रयोग गर्दै आएका छन् ।

दिल्लीमा पनि यही प्रविधिबाट प्रदूषण घटाउने प्रयास गरिएको भएपनि त्यो सफल भएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम