मुख्य समाचार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार

। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् ।

अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन्

४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानुनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका शिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी सभामा बोलिरहेका बेला सन् २०२२ जुलाई ८ मा गोली प्रहार भएको थियो ।

लगत्तै पक्राउ परेका यामागामीले आफैंले बनाएको हतियारबाट गोली प्रहार गरेको खुलेको थियो । गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा केहीबेरमै निधन भएको थियो ।

यामागामीले बदला लिन आफूले स्वनिर्मित हतियार प्रयोग गरेर आबेको हत्या गरेको समेत स्वीकारेका अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै जापानी समाचार अनलाइन जापानटाइम्सले जनाएको छ ।

उनले आबेलाई युनिफिकेशन चर्च भन्ने विवादास्पद धार्मिक समूहलाई समर्थन गरेको आरोप लगाएका छन् । सो चर्चका कारण आफ्नो परिवार आर्थिक रूपमा धराशायी बनेको उनको आरोप छ ।

समाचार अनुसार यामागामीकी आमाले उक्त चर्चलाई करिब १० करोड येन (लगभग ६ लाख ६३ हजार अमेरिकी डलर) दान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...
। सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा अघि बढ्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालयले २०६६ सालमा ...
: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्। जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ। उनले भाद्र ...