मुख्य समाचार
मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण
मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण

। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन् ।

छठ पर्वका लागि धनुषा गएका मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेर भारत यात्राका क्रममा नेपाली महिला फुटबल टोलीको उचित व्यवस्थापन नभएको गुनासो आएको भन्दै स्पष्टीकरण लिएका हुन् ।

मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई सोधेका छन्, ‘के हो हाम्रो राष्ट्रिय महिला फुटबल खेलाडीको कुरा ?’, जवाफमा राईले नेपाली महिला टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको र यसअघि इरानसँग हारेको व्यहोरा बताउँदै २९ अक्टोबरमा सिक्किमसँग खेलेर स्वदेश फर्किने जानकारी गराउँछन् ।

त्यसपछि मन्त्री गुप्ताले भारत यात्राका क्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यलाई खाने, सुत्ने जस्ता आधारभूत व्यवस्थापन समेत राम्रो नभएको गुनासो आएकोबारे जिज्ञासा राख्छन् ।

जवाफमा एन्फा महासचिव राईले मैत्रीपूर्ण खेलका लागि जाँदा भारतीय फुटबल संघले नै खेलाडीको व्यवस्थापनको जिम्मा लिने गरेको बताउँछन् ।

तर, मन्त्री गुप्ता यो जवाफबाट सन्तुष्ट हुँदैनन् र सोध्छन्– ‘तपाईंले के ट्राभललाई जिम्मा दिनु भएको हो ?’ राईले ट्राभललाई जिम्मा नदिएको बताउँदै ईन्डिएन एफए (भारतीय फुटबल संघ)कै जिम्मेवारी भएको बताउँछन् ।

महासचिव राईले यसअघि सिलोङमा सो समस्या भएको बताउँदै अहिले नेपाली टोली सिक्किमतिर जाने बताउँछन् ।

मन्त्री गुप्ता भने भारत यात्रामा गएका खेलाडीको व्यवस्थापनमा पूर्व तयारी नभएको भन्दै एन्फा महासचिव राईसँग यसबारे भेटेरै थप छलफल गर्नुपर्ने भन्छन् । भारतीय फुटबल संघकै जिम्मामा छोड्दा पनि व्यवस्थापनको कार्यविधिबारे एन्फा जानकार हुनुपर्ने मन्त्री गुप्ताको भनाइ छ ।

मन्त्री गुप्ताले सोधेका छन् :

हाम्रो खेलाडीलाई कतै पठाउँदा खेरी त्यसको डिटेल्स स्टडी त हामीसँग राख्नुपर्यो नि । कति घण्टाको इन्टरभलमा ब्रेकफार्स्ट कहाँ गराउँछ, लञ्च कहाँ गराउँछ ? त्यो कार्यविधि हामी नलिइकनै कसरी राष्ट्रिय प्लेयरहरूलाई छोडिराछौं ? त्यो त गर्नु भएन नि । यो विषयमा एकचोटी डिटेल नै बस्नुपर्यो । हाम्रो राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नि, उहाँहरूको खाना कहाँ हुन्छ, बस्ने कहाँ हुन्छ, ए टू जेड टाइमिङ मिलेपछि, सबै कुरा ल ठीक छ है भनेपछि मात्र पठाउने हो क्या । तर, यो चैं तपाईंलाई त यो कुरा जानकारी नै छैन भन्नुहुन्छ, उतादेखि लिएकै छैन भन्नुहुन्छ, त्यो तपाईंले त जे गर्नुपर्ने कुरा हो त्यो त गर्नु भएन । यस्तै मिस्टेकले त्यहाँ प्लेयरले पनि यो विषयमा अभिव्यक्ति दिइरहेका छन् ।

विगतमा खेलाडीलाई विभिन्न देश पठाउँदा व्यवस्थापनबारे टाइम सेड्युल लिने गरेको वा नगरेकोबारे मन्त्री गुप्ताले जिज्ञासा राखेका थिए । तर, एन्फा महासचिव राईले भने उनीहरू (खेल हुने सम्बन्धित देश)ले नै खेलाडीको व्यवस्थापन गर्ने गरेको जवाफ दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...