मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्।

इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ ।




यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ।

इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो।

हमासमाथि गलत शव फिर्ता गरेको आरोप

नेतान्याहूले हमासमाथि अर्को आरोप पनि लगाएका छन् । त्यो हो, युद्धविराम सम्झौताअनुसार फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरिएको। उनले यो सम्झौतामाथिको स्पष्ट उल्लंघन भएको बताए।

सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शवहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने थियो।

तर हमासले भने इजरायली आक्रमणका कारण शव फिर्ता गर्ने कार्यक्रम रोकिएको जनाएको छ। यसअघि मंगलबार हमासले अर्को शव फिर्ता गर्ने जनाएको थियो।

खान युनिसमा एक खाल्डोबाट सेतो ब्यागमा केही वस्तु निकालेर एम्बुलेन्समा राखिएको थियो, तर त्यसमा के थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

गाजामा हाल १३ जना बन्धकका शव अझै बाँकी छन्। हमासको भनाइ छ, ‘’ध्वंस यति धेरै छ कि शव फेला पार्न कठिन भइरहेको छ।’

इजरायलले भने हमास जानाजानी ढिलाइ गरिरहेको आरोप लगाएको छ। शव खोज्न मद्दत गर्न इजिप्टले विज्ञ र ठूला मेसिनहरू पठाएको छ।

गाजामा मानवीय सहायता रोकिने भय

इजरायली मिडियाका अनुसार नेतान्याहूले गाजामा मानवीय सहायता रोकिने, कब्जा विस्तार गर्ने वा हमास नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गर्ने जस्ता विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।

यसैबीच, मंगलबार बिहान इजरायली सेनाले वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारी तीन जना प्यालेस्टिनी लडाकूलाई मारेको छ। इजरायलको ती आतंकवादी गतिविधिमा संलग्न रहेका जिकिर गरेको छ ।

हमासले तीमध्ये दुई जनालाई आफ्ना कासिम ब्रिगेडका सदस्य भनेको छ, तेस्रोलाई सहयोगी बताए पनि विस्तृत जानकारी दिएको छैन।

इजरायलको भनाइमा, उनीहरू वेस्ट बैंकमा आतंक नियन्त्रणमा केन्द्रित छन्। तर प्यालेस्टिनी पक्ष र मानवअधिकार समूहहरूले भने निर्दोष मानिसहरू पनि मारिँदै गएका र हजारौँ मानिस विस्थापित भइसकेका बताएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्ष लामो युद्धमा हालसम्म ६८ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम