मुख्य समाचार
मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताए
मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताए

। सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्।

उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले युवाहरूलाई सुरक्षा दिन नसक्ने धारणा राखे । तर पनि, आफूहरू यहाँको कानुन मानेर तदनुरूप काम गर्न तयार रहेको उनीहरूले बताएका छन् ।

ती कम्पनीहरूले कानुन लागू हुनुअघि एक मिलियनभन्दा बढी उमेर नपुगेका एकाउन्ट होल्डरहरूलाई परिवर्तनका लागि तयार गर्न छिट्टै सम्पर्क गर्ने बताएका छन्।

विश्वभरका विधायकहरूले युवाहरूको मानसिक स्वास्थ्यबारे बढ्दो चिन्ताका कारण यो कानुनलाई नियालिरहेका छन्।

अस्ट्रेलियाको कानुनअनुसार, प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई रोक्न ‘उचित कदम’ चाल्नुपर्ने भनेको छ । अन्यथा, उनीहरूलाई ४९.५ मिलियन अस्ट्रेलियन डलरसम्मको जरिवाना लाग्न सक्छ।

यी प्लेटफर्महरूले यसअघि प्रतिबन्धले युवाहरूलाई सामाजिक सम्पर्कबाट वञ्चित गर्ने र अलगावमा राख्ने तर्क गरेका थिए।

उनीहरूले कानुन कार्यान्वयन अनावश्यक रूपमा जटिल हुने पनि बताएका थिए। स्न्याप र युट्युबले आफूहरू सामाजिक सञ्जाल कम्पनी नभएको समेत तर्क गरेका थिए।

स्न्यापका ग्लोबल पोलिसी तथा प्लेटफर्म अपरेसन्सका वरिष्ठ उपाध्यक्ष जेनिफर स्टाउटले भिडियो लिङ्कमार्फत भनिन्, ‘हामी सहमत छैनौँ, तर हामी यो कानुनलाई स्वीकार गर्छौं र यसको पालना गर्नेछौँ।’

टिकटकको अस्ट्रेलियाका लागि सार्वजनिक नीति प्रमुख एला वुड्स-जोइसले पनि चिनियाँ स्वामित्वको प्लेटफर्म प्रतिबन्धको विपक्षमा रहेको दोहोर्‍याइन् तर उनले अगाडि थपिन्, ‘टिकटकले कानुनको पालना गर्नेछ र आफ्नो दायित्व पूरा गर्नेछ ।’

मेटाका अस्ट्रेलिया र न्युजिल्यान्डका नीति निर्देशक मिया गार्लिकले कम्पनीले छिट्टै १६ वर्षभन्दा मुनिका भनी पुष्टि भएका लगभग ४५०,००० खाताधनीहरूसँग इन्स्टाग्राम र फेसबुकमा सम्पर्क गर्ने बताइन्। उनीहरूलाई तस्बिरहरू र अन्य डेटा मेटाउने वा १६ वर्ष नपुग्दासम्म भण्डारण गर्ने विकल्प दिइनेछ।

अस्ट्रेलियामा १६ वर्ष मुनिका २ लाख बालबालिकाले टिकटक एकाउन्ट बनाएका छन् भने स्न्यापका ४ लाख ४० हजार खाताहरू छन् । उनीहरू दुवैले मेटाको जस्तै कदम चाल्ने बताएका छन्।

कम्पनीहरूले १६ वर्षभन्दा माथिको दाबी गर्ने खाताधनी वास्तवमै नाबालिग हो कि होइन भनेर पत्ता लगाउन स्वचालित व्यवहार ट्र्याकिङ सफ्टवेयर प्रयोग गर्ने पनि थपेका छन्।

वुड्स-जोइसले भनिन्, ‘जहाँ हामी कसैलाई २५ वर्षको छु भन्दै गरेको तर व्यवहारले १६ वर्षभन्दा मुनिको हो भनी सङ्केत गर्छ भने, डिसेम्बर १० देखि हामी ती खाताहरूलाई निष्क्रिय गर्नेछौँ।’

गलत तरिकाले १६ वर्षभन्दा मुनिको ठहर भएका प्रयोगकर्ताहरूका लागि, मेटा र टिकटकले उनीहरूलाई तेस्रो-पक्ष उमेर अनुमान उपकरणमा पठाउने बताए। स्न्यापले भने गलत तरिकाले ब्लक भएको विश्वास गर्ने प्रयोगकर्ताहरूका लागि समाधानमा काम गरिरहेको बताएको छ। रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम